काठमाण्डाै - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा दुईवटा पुल निर्माणको काम अलपत्र परेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुरा र वडा नम्बर ७ को मंसापुरमा पुल बनाउने योजना कागजमै सीमित भएकाे स्थानीय बासिन्दाको गुनासो छ ।
सकरपुराको झोलुङ्गे पुल निर्माणका लागि २ करोड ८२ लाख ८० हजार रकम विनियोजन भएकोमा ७० लाख रुपैयाँ निकासा भएको छ । पुल निर्माण लागि उपभोक्ता समिति बनेको तर काम नभएको उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र मुखियाले बताउनुभयो ।
पेस्की बापतको बजेट निकासा गरी गाउँप...