काठमाडौं : रुसमा पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ। यो घटना सन् २०२३ को डिसेम्बर २४ को हो। विमानमा चालक दलका ४ सहित ३० यात्रु रहेका थिए। चालकको गल्तीका कारण विमान नदीमा अवतरण गरेको थियो। विमानमा भएका यात्रीको भाग्य बलियो रहेछ। किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो। यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन। रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका&ndash