अवतरण गर्दै गरेको विमान धावनमार्गमै दुई टुक्रा भएपछि…..

२५ चैत, काठमाडौं । कोष्टारिकामा कार्गो कम्पनी डीएचएलको एउटा बोइङ ७५७ विमान आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ । कोष्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान धावनमार्ग दुर्घटनामा परेको हो । सामान्य रुपमा नै अवतरण गरेको विमान धावनमार्गमा झरेर केही गुडेपछि यु टर्न हुन्छ र धावनमार्गबाट बाहिर चौरमा पुग्छ । त्यसपछि विमान बीचमा भाँचिएर […]

सम्बन्धित सामग्री

फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, काठमाडौँमा किन गरिएन अवतरण?

काठमाडौं विमानस्थलबाट उडे लगत्तै चरा ठोक्किएर इन्जिनमा समस्या आएको बताइएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमान स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको विमानको इञ्जिनमा खराबी देखिएपनि चालकले केहीबेर होल्ड गरेर विमान गन्तव्यतिर लगेका थिए […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण

पोखरा – पोखरामा पहिलो पटक जेट विमान अवतरण भएको छ। सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो। हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन। आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ। विगत ८ वर्षदेखि आन्तरिक […]

पोखरामा पहिलो पटक जेट विमान अवतरण

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सीआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ । सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । युरोप, अमेरिका […]

खराब माैसमका कारण काठमाडौँ आउनुपर्ने विमान जनकपुरमा अवतरण

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरकाे विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटाेमा पर्ने रुट)मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।

यतीको विमान पोखरामा आकस्मिक अवतरण

यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केही बेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः ५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।

दुबईका लागि उडेको विमान कराँचीमा अवतरण

दिल्लीबाट दुबईका लागि उडेको स्पाइसजेट विमानलाई इन्डिकेटर लाइटमा खराबी देखिएका कारण मंगलबार कराँचीतर्फ डाइभर्ट गरिएको हो । विमान कराँचीमा अवतरण गरियो र यात्रुहरूलाई सकुशल अवतरण गरिएको स्पाइसजेटले बताएको छ।

नेयमार सवार विमान आपत्कालीन अवतरण

पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ ।  यद्यपि नेयमार भने सकूशल रहेका छन् । छुट्टी मनाएर फर्किने क्रममा प्राविधिक समस्या देखिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको गोल डटकमले जानकारी दिएको छ ।मिडिया रिपोर्टका अनुसार विमान बारबाडोसबाट साउपाउलो जाने क्रममा विमानको विन्डसिल्डमा समस्या देखिएको छ । जसले गर्दा विमानलाई भेनेजुएलासँगको सीमा नजिकै रहेको बोआ भिस्टामा अवतरण गर्नुपरेको थियो । विमानमा देखिएको समस्या ठीक गर्न दुई घण्टा समय लागेको थ

सुर्खेतमा अवतरण हुन सकेन बुद्ध एयरको विमान

सुर्खेतका लागि काठमाडौंबाट उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।

पांग्रा नखुलेको बुद्ध एयरको विमान सफलतापूर्वक अवतरण

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले रातोपाटीलाई बताए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन का

अवतरण हुने क्रममा विमान

फुङ्लिङ, २६ असार: नेपाल वायु सेवा निगमको विमान शनिबार काठमाडौदेखि ताप्लेजुङको सुकेटार विमान स्थलमा अवतरण हुने क्रममा । तस्वीरः दिलकुमार लिम्बू, रासस