सोलुको पाँचपोखरीमा फस्टाउँदै आन्तरिक पर्यटन

पर्यटकीय क्षेत्रका रूपमा सोलुखुम्बुको पाँचपोखरी चिनिएको धेरै भएको छैन । नेपाल पर्यटन बोर्डले एक सय नयाँ गन्तव्यको सूचीमा यसलाई नवौँ स्थानमा राखेको छ । यहाँ छोटो अवधिमै पर्यटकको संख्या बढ्दो छ । सोलुखुम्बुको...

सम्बन्धित सामग्री

‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवर्द्धनको मार्गचित्र

काठमाडौं- कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन विकासका लागि एउटा दरिलो मार्गचित्र हुन सक्ने साहित्यकार एवम् समालोचकहरूले औंल्याएका छन् । शनिबार सार्वजनिक गरिएको कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूबनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्तावेज हुन सक्ने कुरा औंल्याइएको हो । […]

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बन्दै

२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा […]

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पारदर्शिता र इमानदारी

कुनै समय थियो, नेपाली चलचित्र भने पछि नेपालीहरू हलमा गएर फिलिम हेर्ने गर्थे । केही समय यही मान्यतामा नेपाली चलचित्रलाई दर्शकको अभाव रहेन । नेपाली भाषामा बनेको भनेपछि दर्शकहरूले हेरिहाल्छन् नि दर्शकको अभाव हुँदैन भन्ने सोच विकसित हुँदा नेपाली चलचित्र उद्योग आज कुन अवस्थामा छ, त्यो जग जाहेरै छ । भारतमा ‘खायगा भी पछताएगा, नही खाएगा भी पछताएगा र जाएगा भी पछताएगा, नहीँ जाएका भी पछताएका’ भन्ने उखान चलाएका हुन्छन् स्थान विशेषका परिकारका लागि र स्थान विशेषका लागि । ‘बद् अच्छा बदनाम बुरा’ भन्ने उर्दू उखान त्यसै चलेको होइन । एकचोटि कुनै स्थान, क्षेत्र र उद्योगको नराम्रो छाप सृजना भएपछि त्यसलाई मेटाउन निकै सकस पर्छ । एकाध जनाले बासी भात खुवाएको मार आज सिंगो राजमार्गछेउका होटेल व्यवसायीहरूले भोग्नु परिरहेको छ । त्यो नराम्रो छाप मेट्न अचेल यात्रुकै अगाडि खाना पकाएर खुवाउने चलन चल्दा पनि मानिसहरू हिचकिचाउन छोडेका छैनन् । कुनै नयाँ ठाउँमा घुम्न जाँदा कोही एक जना ठगियो भने त्यो पूरै ठाउँ नै ठगहरूको अखाडा लाग्छ, उसका दृष्टिमा । यो छाप उसले आफ्ना भए भरका वृत्तहरूमाफैलाउँछ । कुनै स्थान विशेषमा मानिसहरू यस्ता भनेर चलेका उखानका भरमा ती स्थान विशेषका मानिससँग कारोबार र व्यवहार गर्न मानिस हिचकिचाउँछन् । वर्तमान समयमा नेपालमा पनि आन्तरिक पर्यटनको ठूलो लहर आएको छ । विदेशी पर्यटकको स्थान नेपाली पयर्टकले लिन थालेका छन् । नेपाली पर्यटकका कारण नेपाली पर्यटन व्यवसायीहरूका सुकेका ओठ तालुहरू रसिला हुन थालेका छन् । यस परीस्थितिमा नेपाली पर्यटकले नेपालको आन्तरिक पर्यटन उद्योगलाई ठूलो भरथेग गरेको छ । परन्तु यो पर्यटन गतिविधिलाई नेपाली पर्यटन उद्योगले सदुपयोग गर्न सकेको भने देखिएको छैन । जसरी हिजो चलचित्र उद्योग जुन मानसिकताबाट ग्रस्त थियो, आज नेपालको पर्यटन उद्योग पनि त्यही मानसिकताबाट ग्रस्त छ । नेपालीलाई जस्तो व्यवहार गरे पनि हुने, जस्तो सूचना दिए पनि हुने र जस्तो गुणस्तरको सेवा दिए पनि हुने र जस्तो बोली व्यवहार गरे पनि हुने अचम्मको मानसिकता विकास हुन थालेको छ आन्तरिक पर्यटन उद्योगमा । नेपाली पर्यटकले खर्च गर्ने पैसाचाहिँ पैसा नै होइन, जस्तो व्यवहार गर्ने प्रवृत्ति नेपाली पर्यटन उद्योगमा विकसित हुन थालेको छ । आतिथ्यप्रधान उद्योगले आन्तरिक पर्यटकलाई गर्ने छुद्र व्यवहार सृजित गुणस्तरहीनताले १ दिन नेपालीहरू नेपालभित्र घुम्न जाँदा नेपाली भाषाका चलचित्रहरूले दर्शक नपाएझैं नाक खुम्च्याउनुपर्ने अवस्था सृजना हुन जान्छ । भावनालाई झजाएर उद्योग लामो समयसम्म टिक्न सक्दैन भन्ने तथ्यबाट नेपाली चलचित्र उद्योगझैं नेपाली पर्यटन उद्योगमा पनि लागू हुन्छ । आन्तरिक पर्यटकले भोग्नु परेको अर्को समस्या भनेको कुसूचना (डिसइन्फर्मेशन) हो । कुनै पर्यटक नेपालभित्र घुम्न जान घरबाट निस्केर घर नर्फिकउञ्जेल सम्म संगठित असंगठित कुसूचना प्रवाहको शिकार भइरहेको हुन्छ । यो कुसूचना गुणस्तर, समय र मूल्य, दूरी र आवृत्ति सबैतिर समान रूपमा प्रयोग भई रहेको छ । यात्रुलाई एउटा गुणस्तरको सेवा प्रदान गर्ने वाचाविपरीत न्यून गुणस्तरको सेवा प्रदान गर्ने, एउटा मूल्यको सेवा प्रदान गर्ने वाचा गरिसकेपछि सेवा उपभोग गरिसकेपछि थप मूल्यहरू थोपरेर सेवाग्राहीलाई महँगो मूल्य तिर्न बाध्य पार्नेजस्ता घटना आन्तरिक पर्यटनका क्षेत्रमा आम रूपमा देखा पर्न थालेका छन् । यात्रामा लाग्ने समय, दूरी र आवृत्तिमा पनि आन्तरिक पर्यटकहरू नराम्ररी ठगिने गरेका छन् । एकचोटि आएको ग्राहक हो, फेरिफेरि आउने होइन, यसलाई जति सक्यो अहिल्यै निचोर्नुपर्छ भन्ने सोच आन्तरिक पर्यटन उद्योगमा बलशाली हुँदै गएको छ । सारमा भन्नुपर्दा ‘अतिथि देवो भवः’को मान्यता बोकेको आन्तरिक पर्यटन उद्योग अतिथि कुक्कुटो भवः (अतिथिहरू मुर्गा हुन्) भन्ने मान्यतामा हिँड्न थालेको आभास हुन थालेको छ । लगानीकर्तालाई मुर्गा बनाउने प्रवृत्तिले नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय लगानी आउन नसक्दाको परिणाम नेपाली चलचिच उद्योगले हाल भोगिरहेको छ । तर, नेपालको आन्तरिक पर्यटन उद्योग पनि ग्राहकलाई मुर्गा बनाउने प्रवृत्तितर्फ उन्मुख हुँदै जाँदा यस क्षेत्रले गुणस्तरीय पर्यटक पाउन मुश्किल हुँदै जाने खतरा उत्पन्न भएको छ । आन्तरिक पर्यटन उद्योग भन्नासाथ होटेल, रिसोर्ट, पर्यटकीय उत्पादनहरू भन्ने मात्रै हुँदैन । पर्यटन उद्योगको पनि आफ्नै पर्यावरण हुन्छ । यस पर्यावरणमा पर्यटकको स्रोतदेखि गन्तव्यसम्मको समग्र वातावरण भन्ने बुझिन्छ । यातायात, सूचना र स्थानीय जनता तथा व्यवसायी यस पर्यावरणमा तीनओटा महत्त्वपूर्ण खम्बाहरू हुन् । भरपर्दो, सुरक्षित, मर्यादित, युक्तिसंगत मूल्यसहितको यातायात प्रणाली, भरपर्दो सूचना प्रणाली र सहयोगी र सह्दयी स्थानीय जनता र व्यवसायीहरूले आन्तरिक पर्यटनको पर्यटनको जग बलियो बनाउन मद्दत गर्छ । परन्तु पर्यटक वासस्थान नपुग्दै गलत सूचना प्रवाह गरी अनावश्यक भाडा असुल गर्ने, स्थानीय जनताले पनि नवआगन्तुकहरूलाई भ्रमित गर्ने खालका सूचना प्रवाह गर्ने तथा असहयोगी चरित्र प्रदर्शन गर्ने प्रवृत्ति आम रूपमा विस्तार हुँदै गएको छ । एउटा पर्यटक कुनै होटलमा वास बस्न जाँदा प्रत्यक्ष लाभान्वित हुने पनि यातायात व्यवसायी र स्थानीय जनता नै हुन् । परन्तु त्यो पक्षलाई यी दुवै क्षेत्रले महत्त्व दिन सकेको छैनन् । स्थान विशेषको बदनामी भई होटेलमा पर्यटकहरू जान छोडे भने यसको मार होटेलमा मात्रै होइन, त्यस क्षेत्रको समग्र अर्थतन्त्रमा नै पर्न जान्छ भन्ने विषयमा स्थानीयहरूमा अझै चेत पलाउन सकेको छैन । उल्लिखित पक्षहरूलाई दृष्टि गर्दै आन्तरिक पर्यटनलाई स्थायी प्रकृतिकोे व्यवसायको रूपमा विकास गर्न देहायका पक्षमा नेपाली पर्यटन क्षेत्रको ध्यान जानु आवश्यक छ । सर्वप्रथम पर्यटन क्षेत्रमा क्रियाशील व्यावसायीहरूले यस क्षेत्रमा पर्यटकलाई मूल्य, सेवा र आवृत्तिमा सद्व्यहावरको प्रत्याभूति गर्न संगठित प्रयास गर्न जरुरी छ । आचारसंहिताका कडा प्रावधानहरूको तर्जुमा र त्यसको कार्यान्वयन, आचारसंहिताको कार्यान्वयनमा सरकारी निकायको समेत सहभागिता हुन सकेको खण्डमा यस क्षेत्रका तमाम विकृतिहरू एकै साथ समाधान हुने देखिन्छ । यस कार्यमा यातायात व्यवसायीहरूलाई सहमत तुल्याएर अघि बढ्नु आवश्यक छ । त्यस्तै पर्यटन क्षेत्रको स्थानीय पर्यावरणलाई पर्यटनमैत्री बनाउन स्थानीय राजनीतिक नेतृत्व, नागरिक समाज तथा स्थानीय उद्योग वाणिज्य संघलाई पनि यस अभियानमा संलग्न गराउन पनि त्यत्तिकै जरुरी छ । इमानदारी र पारदर्शिता पर्यटन व्यवसायको मूल हो भन्ने विषय सबैले समयमै मनन गर्नु जरुरी छ । सारमा भन्नुपर्दा नेपाली पर्यटन क्षेत्रले ‘आन्तरिक पर्यटनको मूल आधार यथार्थ सूचनाको प्रवाह’लाई मूलमन्त्र बनाउँदै अघि बढ्नुपर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा नेपालको आन्तरिक पर्यटन उद्योग साँच्चै नै आकर्षक क्षेत्रका रूपमा अर्थतन्त्रमा उल्लेख्य योगदान दिने निश्चित छ । सभ्य, सुसंस्कृत र पारदर्शी पर्यटन उद्योगको विकास गर्न सकेको खण्डमा यो उद्देश्य प्राप्ति सहज हुने देखिन्छ ।   (लेखक व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन्)

आन्तरिक पर्यटन र अफ–रोडिङ कल्चर प्रवद्र्धन गर्दै फोर्ड नेपाल

फोर्ड नेपालले आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ संस्कृतिको विकास गर्ने उद्देश्यले ‘अफ टू नुवाकोट’ कार्यक्रम सम्पन्न गरेको छ । यो एक दिनको पारिवारिक कार्यक्रम काठमाडौं उपत्यकाबाट छोटो दुरीमा रहेको तर यो नेपालको प्राचीन र ऐतिहासिक स्थलहरूमध्ये एक नुवाकोट सम्मको यात्रा भएको कम्पनीले जनाएको छ । ¥याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो ।

सेवा व्यापार सन्तुलन गर्न आन्तरिक पर्यटन

पर्यटनमार्फत ठूलो परिमाणमा विदेशी मुद्रा विदेशिने गरेको छ । वर्तमान महामारीले खुम्चिएको पयर्टन प्रयोजनमा बाहिरिने विदेशी मुद्रा स्थिति सामान्य हुँदै जाँदा अझ बढ्ने निश्चित छ । विप्रेषणले ल्याएको समृद्धिले नेपाली समाजमा विकसित घुमफिर संस्कृति आम हुँदै गएको सन्दर्भमा नेपाली पर्यटकका रूपमा बाह्य मुलुक जाने प्रवृत्तिमा वृद्धि हुने यस क्षेत्रमा विज्ञहरूको भनाइ रहेको छ । महामारीका बीचमा नै गत आर्थिक वर्ष २०२०/२१ मा नेपालबाट २८ करोड यूएस डलर बराबरको रकम बाहिरिएको छ । घरबाट गन्तव्यसम्म पहुँचका क्रममा आन्तरिक पर्यटकसँग चलाखीपूर्ण व्यवहार गर्ने गरिन्छ । नयाँ स्थानसँग अपरिचित आन्तरिक पर्यटकले अपारदर्शी मूल्यहरूको सामना पाइला पाइलामा गर्नुपर्छ । यस्ता चलाखीयुक्त व्यवहारले आन्तरिक पर्यटनमा असुरक्षाको भाव उत्पन्न हुन गएको छ । महामारीमुक्त वर्ष २०१८/१९ मा ७९ करोड यूएस डलर बराबरको रकम बाहिरिएको थियो । अवस्था सामान्य रहँदा यस आँकडामा वृद्धि हुने सहजै अनुमान लगाउन सकिन्छ । यसरी पर्यटनमार्फत ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिँदै गर्दा आन्तरिक पर्यटनले भने अपेक्षाकृत गति लिन सकेको छैन । सरकारी, गैरसरकारी एवम् निजीक्षेत्रबाट आयोजना हुने सेमिनार, गोष्ठी, भ्रमण तथा सम्मेलन आन्तरिक पर्यटनको प्रमुख स्रोत बन्न पुगेको छ । धार्मिक तथा सांस्कृतिक प्रयोजनको यात्रा आन्तरिक पर्यटनको अर्को स्रोत हो । यी दुईओटा क्षेत्रबाहेक विशुद्ध घुमफिर प्रकृतिका आन्तरिक पर्यटनमा गुणात्मक सुधार आउनु सकेको छैन । यसरी घुमफिर पर्यटनमा सुधार आउन नसक्दा आन्तरिक पर्यटन उद्योगको विस्तार अपेक्षित रूपमा हुन सकेको छैन । आन्तरिक पर्यटनको अपेक्षित सुधार हुन नसक्नुका पछाडि देहायका कारण रहेका छन् : सेवाको अस्वाभाविक मूल्य आयस्रोतका आधारमा नेपाली पर्यटकले आफ्नो गन्तव्य निर्धारण गर्छन् । नेपाली होटेलले कोठा भाडा, गाडी भाडा र खानाको मूल्य आम नेपालीको आयस्तरभन्दा बढी नै लिने गरेका छन् । समानस्तरका भारतीय होटेलमा प्राप्त सुविधा प्राप्त गर्न नेपाली पर्यटकले नेपालभित्र बढी रकम खर्च गर्नुपर्ने हुन्छ । छद्म मूल्यका कारण ग्राहकले बीचबाटैमा बेखर्ची हुने समस्या पनि देखिने गरेको छ । होटेलका सेवामा कर र सेवा शुल्कले घोषित मूल्यमा करीब २५ प्रतिशत अतिरिक्त खर्च ग्राहकले बेहोर्नु परेको छ । रिजर्भ गाडीहरू अति महँगो भई दिँदा गाडी रिजर्भ गरेर घुम्न जानु आम नेपालीको पहुँचभन्दा बाहिरको विषय बन्न पुगेको छ । नेपाली पर्यटन उद्योगहरूले प्रदान गर्ने सेवासुविधा अनावश्यक रूपमा महँगो हुनु नै आन्तरिक पर्यटन उद्योगको विस्तार हुन नसक्नु हो । चलाखीयुक्त व्यवहार घरबाट गन्तव्यसम्म पहुँचका क्रममा आन्तरिक पर्यटकसँग चलाखीपूर्ण व्यवहार गर्ने गरिन्छ । नयाँ स्थानसँग अपरिचित आन्तरिक पर्यटकले अपारदर्शी मूल्यहरूको सामना पाइला पाइलामा गर्नुपर्छ । यस्ता चलाखीयुक्त व्यवहारले आन्तरिक पर्यटनमा असुरक्षाको भाव उत्पन्न हुन गएको छ । यी व्यवहार मूल्यमा मात्र सीमित छैनन् गुणस्तरमा पनि बेहोर्नु परेको छ । नगए पनि पछुताउने र गए पनि पछुताउनुपर्ने विरोधाभास यसै कारण उत्पन्न हुने गर्छ । प्राकृतिक विपत्ति र आकस्मिक अव्यवस्था सृजना हुँदा उत्पन्न परिस्थितिमा यात्रुलाई पासोमा पारेसरह गरी कैयाैं गुणा बढी असुल्ने गरिन्छ । टेबल जोेडेर सुतेको एक रातको २/३ हजार तिर्नुपर्नेजस्ता व्यवहार आमरूपमा दोहोरिरहन्छन् । पर्यटन क्षेत्रका गहन शब्दावलीहरूको प्रयोग गर्ने तर सेवाचाहिँ झारा टराई पाराले प्रदान गर्ने प्रवृत्ति पनि यस क्षेत्रमा आमरूपमा रहेको छ । यी र यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न पर्यटन क्षेत्रसँग सम्बद्ध संघसंस्थाबाट पनि खासै पहल हुन सकेको छैन । पूर्वाधारको कमी पर्यटन भन्नासाथ होटेलमा भएका पूर्वाधारलाई बुझ्ने गरिन्छ । परन्तु पर्यटन पूर्वाधारमा सुरक्षित सडक, सुरक्षित आवास, आधारभूत स्वास्थ्य सुविधा, आपत्कालीन उद्धार, सहज सञ्चार सुविधा, पर्याप्त सूचना प्रवाह, निश्चित दूरीमा दैनिक उपभोगका वस्तु, औषधि तथा पानीको उपलब्धता, पर्यटनबाट भरपुर आनन्द दिलाउन सक्ने प्राज्ञिक, बौद्धिक, सांस्कृतिक र मनोरञ्जनात्मक सेवाहरू अझ महत्त्वपूर्ण रहेका छन् । नेपालका पर्यटकीय स्थलहरूमा पहुँचमार्गहरू यति खतरनाक रहेका छन् कि यात्रा गर्दा ३३ कोटी देवताको नाम जप्दै कुन बेला गन्तव्यमा पुगिएला भनेर त्रासमा यात्रा गर्नुपर्छ । एकचोटि यात्रा गरिसकेपछि त्यस स्थानमा अर्कोचोटि यात्रा गर्न कोही पनि चाहँदैनन् । विविधीकरणको कमी नेपालको आन्तरिक पर्यटन सेमिनार, गोष्ठी, सम्मेलन एवम् धार्मिक पर्यटनमा सीमित रहेको छ । जंगल सफारी र साहसिक पर्यटनले भर्खर वामे सर्दै छ । सारमा भन्नुपर्दा नेपालमा विशुद्ध आन्तरिक पर्यटन (द्वितीयक उद्देश्यरहित) विकास हुन सकेको छैन । परिवार नै घुम्न जाने संस्कृतिको पनि विकास हुन सकेको छैन । यातायातका साधन माथिको असहज पहुँचका कारण पारिवारिक पर्यटन विकास हुन नसकेको हो । नेपालको आन्तरिक पर्यटन उद्योगको विस्तारमा स्वयम् व्यवसायीहरू पनि उदासीन छन् । यही कारण नेपाली नागरिक ठूूलो संख्यामा विदेश शयरमा निस्कने गरेका छन् । सरकारले खर्च कटौतीको नीति लागू गरेको दिन सेमिनार, गोष्ठी, सम्मेलनमा आधारित पर्यटन रातारात डुब्न सक्छ भन्ने विषयमा समयमै हेक्का हुन जरुरी छ । प्याकेजहरूको कमी नेपालमा आन्तरिक पर्यटकका लागि आकर्षक र व्यावहारिक प्याकेजहरू सृजना हुन सकेका छ्रैनन् । केही प्याकेज सुनिनमा आए तापनि ती प्याकेजहरू अपूर्ण चरित्रका रूपमा रहेका छन् जसको न त व्यवस्थित प्रचारप्रसार हुन सकेको छ न ती प्याकेज आर्थिक र व्यवस्थापकीय सिद्धान्तलाई अंगीकार गरी तर्जुमा गरिएका हुन्छन् । नेपालीलाई भए यत्तिको व्यवस्थापनले काम चलिहाल्छ भन्ने मानसिकता नेपाली पर्यटन व्यवसायीहरूमा व्याप्त रहेको छ । यस्ता कच्चा तर महँगा प्याकेजका कारण नेपालीहरू विदेशतिर शयर गर्न रुचाउन थालेका छन् । दुबईको प्याकेज र दमकको प्याकेजमा आर्थिक रूपमा खासै फरक नहुने भएपछि मानिसहरूको स्वाभाविक रोजाइ दुबई नै हुन जान्छ । यी पक्षलाई दृष्टिगत गर्दै आन्तरिक पर्यटनको अभिवृद्धि गर्न र पर्यटनमार्फत ठूलो परिमाणमा विदेश गइरहेको धनको स्वदेशमा सदुपयोग गर्न देहायका पक्षमा विशेष ध्यान जानु आवश्यक छ । सर्वप्रथम आन्तरिक पर्यटन उद्योगले प्रदान गर्ने सेवाको अस्वाभाविक मूल्यलाई लागत, लाभ र सेवालाई आधार मानी नियन्त्रण र समानीकरण (हार्मोनाइजेशन) गर्नु आवश्यक छ । यो कार्य पर्यटन क्षेत्रमा आबद्ध व्यावसायिक संघसंस्थाहरूको दायित्वभित्र पर्छ । दोस्रो नेपाली पर्यटन क्षेत्रमा व्याप्त ग्राहकसँग गरिने चलाखीयुक्त व्यवहारलाई नियन्त्रण, नियमन र उपचार गर्न नेपाल सरकार र पर्यटन व्यवसायीका छाता संगठनहरूले अनुगमन संयन्त्रसहितको आचारसंहिता बनाई लागू गर्नुपर्छ । तेस्रो आन्तरिक पर्यटनको संख्या र आवृत्तिमा विस्तार गर्न देशभरका पर्यटन क्षेत्रहरूमा सुरक्षित सडक, सुरक्षित आवास, आधारभूत स्वास्थ्य सुविधा, आपत्कालीन उद्धार, सहज सञ्चार सुविधा, पर्याप्त सूचना प्रवाह, निश्चित दूरीमा दैनिक उपभोगका वस्तु, औषधि तथा पानीको उपलब्धता तथा पर्यटनबाट भरपुर आनन्द दिलाउन सक्ने प्राज्ञिक, बौद्धिक, सांस्कृतिक र मनोरञ्जनात्मक सेवाहरूमा नेपाल सरकार र निजीक्षेत्रले प्राथमिकतायुक्त लगानी गर्नु आवश्यक देखिन्छ । चौथो, सेमिनार, गोष्ठी, सम्मेलन र धार्मिक पर्यटनको घेराबाट आन्तरिक पर्यटनको बृहत् घेरा सृजना गर्न सरकार र निजीक्षेत्रबाट संयुक्त पहल हुन जरुरी छ । विशुद्ध पर्यटनको जग बलियो बनाउन नयाँनयाँ अवधारणालाई प्रोत्साहन, संरक्षण र अनुदान दिने नीति अंगीकार गर्नु आवश्यक छ । पर्यटन क्षेत्रको विविधीकरण गर्न यस क्षेत्रमा क्रियाशील र सम्भावित स्टार्टअपहरूलाई पनि प्रस्फुटित गराउन आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउनुु पनि आवश्यक छ । पाँचौं, आन्तरिक पर्यटनका लागि प्याकेजहरूको विकास गर्नु, ती प्याकेज नेपालीहरूको पहुँचमा हुन सक्ने बनाउनु तथा प्याकेजहरूप्रति आम धारणा सकारात्मक बनाउन विश्वसनीय प्रचार संयन्त्रको विकास गर्नु पनि त्यत्तिकै जरुरी छ । अन्त्यमा पर्यटन क्षेत्रलाई अनन्तकालीन करमुक्तिको सुविधा प्रदान गरिनुपर्छ ताकि ग्राहकहरू करका कारण महँगोमा सेवाहरू लिन बाध्य भइरहेको वर्तमान अवस्थाबाट छुटकारा पाउन् । यसो गर्न सकेको खण्डमा विदेश जाने नेपाली पर्यटकको ठूलो अंश देशभित्र मोडिई सेवा व्यापारमा विद्यमान व्यापारघाटा नियन्त्रण गर्न सकिन्छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन

केही महिनाअघि संयुक्त राष्ट्र संघमातहत रहेको विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लूटीओ) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० को पहिलो महिना अर्थात् जनवरीको तुलनामा सन् २०२१ को पहिलो महिनामा ८७ प्रतिशतले विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या घट्यो । त्यस्तै सन् २०२० को पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनाको तुलनामा […]

ग्लोबल आईएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूले वार्षिक बिदा लिँदा अनिवार्य कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था बैंकले गरेकाे छ ।  कोभिड महामारीका कारण विदेशी पर्यटकको आवतजावतमा कमी रहेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ महामारीका कारण पूर्ण प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भनेर बैंकले...

बागमती प्रदेशको आन्तरिक पर्यटन पुनरूत्थान समितिमा न्यौपाने

पर्यटन व्यवसायी दुर्गानाथ न्यौपाने (बलराम) आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको सह–संयोजकमा नियुक्त भएका छन्।

बाग्मती प्रदेशमा बन्यो आन्तरिक पर्यटन पुनरुत्थान समिति

नेपाल पर्यटन बोर्डले बाग्मती प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ ।  पर्यटन व्यवसायी ध्रुव सिम्खडाको संयोजकत्वमा गठित समितिमा २० सदस्य रहेका छन् ।  पर्यटनबोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले मंगलवार समिति गठन गरेका हुन् । समितिको सदस्यहरूमा काभ्रेपलाञ्चोकबाट प्रेम श्रेष्ठ, र केशव बडाल रहेका छन् । यस्तै नुवाकोटबाट होटल तथा पर्यटन व्यवसायी सन्तोष उप्रेती र लेलिन रन्जित रहेका छन् ।  यस्तै चितवनबाट दिपक भट्टराई, दोलखाबाट हरि ओली, रसुवाबाट लाक्पा लामा, रितु ग्यामदान र तेम्बा तामाङ, काठमाडौं...

पर्यटन बोर्डले गठन गर्यो बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति, बागमती प्रदेश गठन गरेको छ । प्रदेश अन्तर्गतका १३ वटा जिल्लालाई नै समेटेर बोर्डले २१ सदस्यीय पुनरुत्थान समिति गठन गरेको हो । बोर्डका अनुसार आन्तरिक पुनरुत्थान समितिका लागि बागमती प्रदेशलाई दिएको कार्यक्षेत्रगत शर्तहरु (टीओआर) बमोजिम प्रदेशबाट प्राप्त प्रस्तावहरुको नामावलीबाट अन्तिम नामावली समेटेर समिति गठन गरेको हो ।उक्त समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रेम श्रेष्ठ र केशब बडाल, नुवाकोटबाट सन्तोष उप्रेती र लेलिन रञ्जित, चितवनबाट दि