पालुङ्टार नगरपालिका–९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी मंगलबार खेतबारीमै व्यस्त थिए । कोरोना कहरका बीच अधिकांश विद्यालय बन्द रहँदा यी विद्यार्थी भने आफूले लगाएको तरकारी स्याहारमा तल्लीन देखिन्थे । मल बोक्ने, बारी खनजोत, आलु गोडमेललगायत विद्यार्थीको सामूहिक प्रयासमा व्यस्त छन् । पढाइसँगै तरकारी खेती थालेका विद्यार्थीलाई शिक्षकले पनि सघाए ।