सशस्त्र प्रहरीद्वारा डुबानमा परेका २८८ घरका ९३४ जनाको उद्धार

अविरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करिब २८८ घरका करिब ९३४ जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाउँपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरूमा माई नदी र कमल खोलाको पानीको बहाव बढेर डुबानमा परेका ३८ घरका करिब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।सो डुबानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरूलाई

सम्बन्धित सामग्री

डुबानमा फसेका चार जनाको उद्धार

पोखरा महानगर-२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि एकै परिवारका ४ जना डुबानमा फसेका थिए । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विपद् उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ ।

दाङका झन्डै ३ हजार घर डुबानमा, २ सय ३ वटा भत्किए

दाङ – दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नाै सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।  यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयव...

वर्षासँगै आत्तिन्छन् कोसी पीडित !

उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् ।सुरक्षित स्थानबाट दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसी नदीको पानीले अहिले डुबान गरेको त

वर्षासँगै आत्तिन्छन् कोसीपीडित

विराटनगर- उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित […]

सप्तकोशी बाढीले डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ । बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।बुधबार बिहानदेखि साँझसम्म उद्धार जारी राख

डुबानमा फसेकाहरूकाे उद्धार कार्य जारी (फाेटाेफिचर)

स्थानीयका अनुसार २ हजार बढी परिवार का १५ हजार बढी प्रभावित भएका छन्। उनीहरूकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले उद्धार गरिरहेका छन्।...

‘बाढी पसेपछि छोराछोरी काखी च्यापेर भागेँ, श्रीमान् घरमै हुनुहुन्छ’

१८ साउन, उदयपुर । सप्तकोशीको बाढी पसेपछि डुबानमा परेका श्रीलंका टापुका बासिन्दाको उद्धारको काम भइरहेको छ । बाढीमा डुबेका उदयपुरको बेलका, र सुनसरीको बराहक्षेत्रका बासिन्दाको उद्धारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले उद्धार गरिरहेका छन् । यस्तै उद्धार हुनेमा एक हुन् बेलका ३ की सुशीला मगर । उनका अनुसार बिहानसम्म घरमा पानी पसेको थिएन । सप्तकोशी […]

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य म

राजापुर र गेरुवाका एक हजार घर डुबानमा

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको विभिन्न स्थानबाट बाढीमा फसेका २ सय ५० जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। कर्णाली नदी बढ्ने क्रममा रहेकोले राजापुर र गेरुवा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ।...

डुबानमा परेका १०४ को उद्धार

दोदा नदीको बाढीबाट डुबानमा परेका कञ्चनपुरको पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।     सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् । चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सि...