वर्षासँगै आत्तिन्छन् कोसी पीडित !

उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् ।सुरक्षित स्थानबाट दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसी नदीको पानीले अहिले डुबान गरेको त

सम्बन्धित सामग्री

कोइराला परिवार नै कोसी पीडित, तैपनि मातृकाले किन गरे कोसी सम्झौता ?

कोसी सम्झौताको बुँदाबुँदा देखाएर नेपालको पक्षमा सम्झौता भएको दलिल पेस गरेका मातृकाले एक ठाउँमा भने सम्झौता पालन नभएको संकेत गरेका छन् । उनी लेख्छन्, ‘कोसी क्षेत्रमा मुआब्जाबाट धेरैले फाइदा पनि उठाए तर अफसोच त के भने पाउनुपर्नेले पाएनन्, नपाउनुपर्नेले पाए ।’

कोसी पीडित बेलकाबासीलाई 'सेभ द चिल्ड्रेन'को सहयोग

सप्तकोसी फुटेर गाउँ पस्दा बिस्थापित हुन पुगेका बाढी पीडितहरुलाई अन्तराष्ट्रिय दातृ निकाय सेभ द चिल्ड्रेन उदयपुरले अत्यावश्यक सामग्री सहयोग गरेको छ।...

परषट्रमन्त्री खड्का सप्तकोसी कटान निरीक्षणमा

अनुगमन गरेकै भोलिपल्टदेखि बेलका नगरपालिकाका बिभिन्न कोसी पीडित वडामा तटबाँध निर्माणको काम सुरु भएको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए। उनका अनुसार बाढी पीडित क्षेत्र, कोसीले कटान गर्न थालेका बिभिन्न ठाउँमा सशस्त्र प्रहरी, प्रहरी, जनप्रतिनिधि ...