दाङका झन्डै ३ हजार घर डुबानमा, २ सय ३ वटा भत्किए

दाङ – दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नाै सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।  यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयव...

सम्बन्धित सामग्री

बर्दियाका दुई सयभन्दा बढी घर डुबानमा

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् ।अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा […]

अविरल वर्षाले बर्दियामा दुई सयभन्दा बढी घर डुबानमा

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन्।  पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन्। अविरल...

बर्दियामा दुई सय घर डुबानमा

काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल बर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । मंगलबार साँझदेखि परेको अविरल […]

कञ्चनपुरमा २ सय ५० भन्दा बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो

अविरल वर्षा आएको बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार जिल्लाको कृष्णपुर नगरपालिकाका ७०, लालझाडी गाउँपालिकाका १५०, शुक्लाफाँटा नगरपालिकाका ३० र बेलौरी नगरपालिकाको ८ घर डुबानमा परेको छ ।यसैबीच बाढीले एक झोलुङ्गे पुल बगाएको छ । जिल्लाको शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने बनहरा नदीमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको प्रहरी नायव उपरीक्षक शाहले जनाए । पुल बगाएपछि आवातजावत बन्द भएको छ ।बनहरा नदीमा जलस्

बाढीको वितण्डाः झापाका २७७ घर डुबानमा

झापा – दुई दिनदेखि लगातार परेको भारी वर्षाका कारण झापामा २ सय ७७ घर डुबानमा परेका छन्। भारी वर्षाका कारण झापाको जनजीवन प्रभावित भएको छ। नदी तटका स्थानीयवासी बाढीको प्रत्यक्ष मारमा पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन्। गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी […]

झापाका २ सय घर डुबानमा

झापाका २ सयभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् ।

राजापुर र गेरुवाका एक हजार घर डुबानमा

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको विभिन्न स्थानबाट बाढीमा फसेका २ सय ५० जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। कर्णाली नदी बढ्ने क्रममा रहेकोले राजापुर र गेरुवा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ।...

काठमाण्डौमा चार सय घर डुबानमा, भक्तपुरबाट बङ्गुर र हाँसको समेत उद्धार

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा बिहानपख परेको ठूलो पानीका कारण चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ । भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेका हुन् । यस्तै काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा ...

मनसुन सुरु भएयता तीन हजार घर डुबानमा

काठमाण्डाै - यसपालिको मनसुनकाे अवधिमा बाढीका कारण तीन हजार १ सय ८० घर डुबानमा परेका छन् ।प्रहरी प्रधान कार्यालय काठमाण्डाैले दिएको जानकारीअनुसार बढी पहिराेमा परेर ९ सय घरसहित १ सय ५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाया मरेका छन्।यस अवधिमा एक हजार १ सय ३० विपद्का घटनाबाट एक हजार २ सय ९ घर परिवारका पाँच हजार ९ सय २४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका का...

सुस्ताका २६५ घर डुबानमा

नवलपरासी, साउन ३२ – नवलपरासीको सुस्तामा २ सय ६५ घर डुबानमा परेको छ । मंगलबार रातिदेखि नै पानी परेपछि २ सय ६५ घरपरिवारले स्थानीय जनता दलित प्राथम...