२८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा हुनुभएको छ।
यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहनुभएका रायभर आइतबार रिहा हुनुभएको हो। सर्वोच्च अदालतले शुक्रबार उहाँको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।
सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उहाँ रिहा हुनुभएको हो।