नागरिक आन्दोलनमा भएको प्रहरी दमनप्रति प्रचण्ड नेपालद्वारा भर्त्सना

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार नागरिक समाजको आन्दोलनमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्षद्वय प्रचण्ड र नेपालले मंगलवार विज्ञप्ति प्रकाशित गरी लोकतन्त्रको पक्षमा उभिएको नागरिक आन्दोलनप्रति प्रहरीबाट भएको दमन निद्यनदीय र खेदजनक भएको बताएका हुन् । प्रचण्ड नेपालले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा यस्ता दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् । यसअघि प्रधानमन्त्री निवास बालुवाटार बाहिर विरोधमा उत्रिएका ...

सम्बन्धित सामग्री

प्रहरी अधिकारीहरुको सरुवा नियमित होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी अधिकारीहरुको सरुवा नियमित भएको बताएका छन् । आज (मंगलबार) सर्वदलीय बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले यसमा कुनै शंका मान्नुपर्ने आधार नै नभएको बताएका हुन् । हिजो (सोमबार) गृहमन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको थियो । उक्त […]

प्रहरी निरीक्षक भोजराज पाण्डेयले गीत मार्फत् देखाए प्रहरीका काम

काठमाडौं : नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले 'आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी' नामक प्रहरी गीत बजारमा ल्याएका छन्। देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता सहित नेपाल प्रहरी सेवामा प्रवेश गर्ने प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूले तालिमदेखि कार्यक्षेत्रमा गर्नु पर्ने काम र चुनौतीको बारेमा गीतमा उतारिएको…

पक्राउका लागि प्रहरी पुगेपछि रामकुमारीको घरबाहिर युवा विद्यार्थीको नाराबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरू समेत पुगेका छन् । झाँक्रीको घरबाहिर आएर नेकपा युवा कार्यकर्ताले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाई भन्दै नाराबाजी गरिरहेका छन् ।

बारामा प्रचण्ड–नेपाल समूहका ८ जना कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले कलैयाबाट नेकपा प्रचण्ड–नेपाल समूहका ८ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ।...

प्रचण्ड-माधव समूहको आमहड्तालः प्रहरी र कार्यकर्ताबीच मुठभेड, ६३ जना नियन्त्रणमा

नेकपा प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी देशव्यापी आमहड्तालको घोषणा गरेको हो।...

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा […]

नागरिक आन्दोलनमा भएको प्रहरी दमनको प्रचण्ड–नेपाल समूहद्वारा विरोध

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको विरोध गरेको छ । सो समूहका तर्फबाट केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रँदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरङ्कुश चरित्र उदाङ्गो भएको उल्लेख गरिएको छ । यसबाट संघर्षको आवश्यकता र औचित्य थप बढेर गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रहरी दमनबाट घाइते भएका आन्दोलनकारीहरूको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रचण्ड–नेपालको शक्ति प्रदर्शन : सुरक्षाका लागि १४ हजार प्रहरी परिचालन

शुक्रवार काठमाडौं भएको प्रचण्ड–माधवकुमार नेपाल समूहको नेकपाले आयोजना गरेको शक्ति प्रदर्शन र आन्दोलनमा अप्रिय घटनाहरु नहुन दिनको लागि उपत्यकामा १४ हजार प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, परिसर ललितपुर र परिसर भक्तपुरमा भएका प्रहरीका अलवा प्रहरी प्रधान कार्यलय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पनि थप प्रहरी परिचालन भएका छन् । उपत्यकाको सुरक्षालाई मध्यनजर गरेर सामान्य अवस्थामा भन्दा दोब्बर प्रहरी परिचालन गरेको महानगरीय प्रहरी कार्यलय रानीपोखरी आयुक्त एआइजी हरिबहादुर पालले...