शुक्रवार काठमाडौं भएको प्रचण्ड–माधवकुमार नेपाल समूहको नेकपाले आयोजना गरेको शक्ति प्रदर्शन र आन्दोलनमा अप्रिय घटनाहरु नहुन दिनको लागि उपत्यकामा १४ हजार प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं, परिसर ललितपुर र परिसर भक्तपुरमा भएका प्रहरीका अलवा प्रहरी प्रधान कार्यलय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पनि थप प्रहरी परिचालन भएका छन् ।
उपत्यकाको सुरक्षालाई मध्यनजर गरेर सामान्य अवस्थामा भन्दा दोब्बर प्रहरी परिचालन गरेको महानगरीय प्रहरी कार्यलय रानीपोखरी आयुक्त एआइजी हरिबहादुर पालले...