धनगढी : कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरू भरिभराउ छन्। सुदूरपश्चिममा कोरोना संक्रमितका लागि आवश्यक अक्सिजन अभाव भएको छ। अक्सिजनको सर्पोट चाहिने संक्रमित संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको प्रदेशका अस्पतालहरूमा अक्सिजन चरम अभाव भएको हो।अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भइरहेको अवस्था छ।‘अक्सिजनको अभाव छ। प्रदेशको एकमात्र उद्योग धनगढीस्थित मालिका अक्सिजन उद्योगले मागला