एमालेले प्रचण्ड हराएकाे भनेपछि प्रधानमन्त्री कार्यालयले संसद सचिवालयलाई लेख्याे पत्र
प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री हराएकाे टिप्पणी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले संसद सचिवालयलाई पत्र लेखेकाे छ ।
काठमाडौं, ५ भाद्र।प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको चाहना सकारात्मक भएको बताएका छन्।मंगलवार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा उनले भने,‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ।हामी निरन्तर छलफलमा छौं। संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असाधारण विश्वासको मत प्राप्त गरेपछि अब उनी कम्तीका २ बर्षका लागि ढुक्कले प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा चित्रबहादुर केसी र प्रेम सुवाललेमात्र मतदान गरेका थिए । योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक […]
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमा छलफल भइरहेको छ। बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दुई नेताले छलफल गरेका हुन्। दुई नेताले छलफल गर्नुअघि आआफ्ना सांसदहरुसँग आन्तरिक छलफल गरेका थिए। दलीय छलफलपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको कांग्रेस सांसद मीन विश्वकर्माले […]
काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनमा रहेका यी दुई नेताबीच संसद बैठकमा टेबल भइसकेर छलफलमा जान लागेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल भएको बुझिएको छ । भेटमा प्रचण्डले एमसीसीबारे आफ्नो दल र गठबन्धनका अन्य दलहरुलेसमेत समर्थन गर्न नसक्ने […]
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसद सचिवालयले दर्ता गर्न मानेको छैन । आइतबार नेकपाका शीर्ष नेताहरुले संसद सचिवालयमा पुगी प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेतामा चयन गरिएको जानकारी गराएका थिए ।
संसदका डा. भरत पौड्यालले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको संसद सचिवालय स्रोतले जनाएको छ । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।
त्यसैगरी यो पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ ।
संसदको हिउँदे अधिवेशनको बैठक आइतबार ४ बजेका लागि बोलाइएको छ । नेकपा औपचारिक विभाजन नभइसकेकाले सो दलभित्रका विवादले बैठक सञ्चालनमा असर गर्ने देखिएको छ ।
११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् […]
८ फागुन, काठमाडौं । पछिल्लो समय नेकपा (प्रचण्ड-माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । के अब संसद पुनस्थापना भयो भने प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दैनन् त ? शनिबार अनलाइनखबरले प्रचण्डसँग यसबारे थप स्पष्ट पार्न आग्रह गर्दा उनले […]
नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याउने गरेको निष्कर्ष निकालेको छ ।
आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएकोबारे छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, '४ जना पूर्व न्यायाधीशहरूले प्रतिनिधिसभाको विघटनका बारेमा दिएको संयुक्त दृष्टिकोणलाई लिएर ओलीले उहाँहरूलाई धम्क्याउने कार्य गर्नुभएको छ । आजको बैठक ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताए ।उनले भने, ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरि