प्रचण्ड अब २ बर्ष ढुक्कले प्रधानमन्त्री, के अब संसद प्रतिपक्षीविहीन भएको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असाधारण विश्वासको मत प्राप्त गरेपछि अब उनी कम्तीका २ बर्षका लागि ढुक्कले प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा चित्रबहादुर केसी र प्रेम सुवाललेमात्र मतदान गरेका थिए । योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक […]

सम्बन्धित सामग्री

संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता : प्रचण्ड

८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता भएको बताएका छन् । मंगलबार धनुषामा आयोजित पार्टीको प्रशिक्षढ कार्यक्रममा उनले संसद विघटन गर्नेहरु अहिले संसद चल्न नदिने पक्षमा लागेको टिप्पणी गरे । ‘सदनमा प्रतिपक्षीले नयाँ संवैधानिक न कानुनी कुनै आधार बिना सदन अवरुद्ध गरिरहेको छ । त्यो पनि […]

‘प्रचण्ड स्वाब दिँदै

अध्यक्ष ‘प्रचण्ड’ स्वाब दिँदै२३ वैशाख यही वैशाख २७ गते संसदको विशेष बैठक बस्ने भएपछि कोरोना परीक्षणका लागि संसद भवनमा स्वाब सङ्कलन गर्ने क्रममा नेपाल कम्प्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर रासस

संसद सचिवालयले दर्ता गरेन प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसद सचिवालयले दर्ता गर्न मानेको छैन । आइतबार नेकपाका शीर्ष नेताहरुले संसद सचिवालयमा पुगी प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेतामा चयन गरिएको जानकारी गराएका थिए । संसदका डा. भरत पौड्यालले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको संसद सचिवालय स्रोतले जनाएको छ । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् । त्यसैगरी यो पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ । संसदको हिउँदे अधिवेशनको बैठक आइतबार ४ बजेका लागि बोलाइएको छ । नेकपा औपचारिक विभाजन नभइसकेकाले सो दलभित्रका विवादले बैठक सञ्चालनमा असर गर्ने देखिएको छ ।

केन्द्रीय कमिटीमा प्रचण्डले भने- संसद पुन:स्थापना हुन्छ

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै दाहालले संसद पुनर्स्थापनामा प्रश्न नै नभएको बताएका हुन्।

प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ । प्रचण्ड-माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने […]

सेटिङबाहेक अरु तरिकाले संसद पुनर्स्थापनालाई रोक्न सक्दैन : नेता भुसाल

नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुनर्स्थापना भए पार्टी एकता जोगिने बताएका छन् । संसद विघटनपछि  नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनर्स्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनले बताए

संसद विघटनका विरुद्ध बोल्नेलाई ओलीले धम्क्याएको प्रचण्ड-नेपाल पक्षको आरोप

नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याउने गरेको निष्कर्ष निकालेको छ । आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएकोबारे छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, '४ जना पूर्व न्यायाधीशहरूले प्रतिनिधिसभाको विघटनका बारेमा दिएको संयुक्त दृष्टिकोणलाई लिएर ओलीले उहाँहरूलाई धम्क्याउने कार्य गर्नुभएको छ । आजको बैठक ...

संसद विघटनबारे महन्थ ठाकुर भन्छन्, ‘अदालतप्रति विश्वास छैन’

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताएका छन्। प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन कदम वैधानिक कि अवैधानिक भन्ने विषय अदालतमा विचाराधीन रहेका बेला बुधवार बानेश्वरमा आयोजित प्रचण्ड-नेपाल समूहको छलफल कार्यक्रममा ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन।’ महन्थले…