हामी संसद सुचारु गर्ने सहमतिको नजिक पुगेका छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ भाद्र।प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको चाहना सकारात्मक भएको बताएका छन्।मंगलवार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा उनले भने,‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ।हामी निरन्तर छलफलमा छौं। संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं।’