निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानका लागि सिंहदरबार आइपुगेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइपुगेका हुन् । समितिको गत बुधबारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको हो ।