निलम्बित प्रधान्यायाधीश जबरा बयान दिन सिंहदरबार पुगे
काठमाडौँ। निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्। प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयानको लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश जबरा सिंहदरबार पुगेका हुन्।
१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष […]