निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्ने गरेको बयान दिएका छन् । महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले आफूलाई राजनीतिक स्वार्थका आधारमा महाभियोग लगाइएको भन्दै राजनीतिक दलहरूविरुद्ध प्रतिक्रिया दिएका छन् ।