काठमाण्डाै – महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबरासँग आज दोस्रो दिनको बयान सुरु भएको छ ।
महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि जबरा पुग्नुभएको छ । आजको बैठकमा उहाँलाई समितिले तयार पारेका र हिजो छलफल गर्न बाँकी रहेका प्रश्न राख्नेछ । निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो ।
हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्व प्रधानन्य...