संखुवासभा : पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले विस्थापित ५५ परिवारलाई जग्गा बाँडफाँड गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।गत २०७७ साल असार २७ गते राति गएको पहिरोबाट विस्थापित ९२ परिवारमध्ये ५५ परिवारलाई खाँदबारी नपा–७ मा जग्गा बाँडफाँड गरी हस्तान्तरण गरिएको हो। विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए। खाँदबारी नपाका उपप