मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ ।
नेपाल चिकित्सक संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको छ। भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औं तह मासिक ज्यालादारीमा विज्ञापन गरेको भन्दै ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो।
नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन । समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।पण्डित, हुद्दाजस्ता पदमा समावेशी समूहमा महिला, दलित र आदिवासी/जनजातिका तर्फबाट कुनै पनि आवेदन नै नपर्ने सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले विगतमा समावेशी समूहतर्फ मागअनुसार
काठमाडौं : लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ।वर्षभरमा हुने पदपूर्ति गर्ने महिना समेटेर तालिका सार्वजनिक गरेको हो।अदालतको आदेश/ फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ। पदपूर्ति सम्बन्धि विज्ञापन सम्बन्धित संस्थाबाट हुने पनि आयोगले स्पष्ट पारेको छ। हेर्नुहोस् विज्ञापन
काठमाडौँ । तत्काल अन्तरिम आदेश जारी गरेर परीक्षा प्रक्रिया नै रोक्ने तर समयमा न्याय निरूपण हुन नसक्दा लोक सेवा आयोगको पदपूर्ति प्रक्रिया नै अवरुद्ध भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वर्षदेखि लोकसेवा आयोगले शाखा अधिकृतहरूको पदपूर्ति गर्न पाएको छैन । २०७७ साल पुसमा हुनुपर्ने शाखा अधिकृत तहको परीक्षा दुई वर्षदेखि अवरुद्ध छ […]
काठमाडौं, जेठ २८ । लोकसेवा आयोगले निजामती तथा सङ्गठित संस्थाका विभिन्न पदमा गरेका विज्ञापनविरुद्ध परेका मुद्दाका कारण ठूलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति अवरुद्ध हुने गरेको छ । खरिदार पदको विज्ञापनको पदपूर्ति तीन वर्षदेखि रोकिएको छ । कर्मचारी समायोजनको मुद्दाले आर्थिक वर्ष २०७६÷७७ मा विज्ञापन भएर परीक्षा भएको खरिदारको नतिजा प्रकाशन रोकिएको छ । यसै गरी आव […]
काठमाडौं, पुस २० । काठमाडौँ, पुस २० गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचनाअनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो । त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी […]
शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो ।आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिनुभयो । उहाँका अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नयाँ पदपूर्तिका लागि सङ्ख्या प्राप्त भएपछि तयारीको काम भइरहेको छ ।नयाँ पदपूर्ति प्रक
नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले शिक्षा मन्त्रालयको समन्वयमा शिक्षा सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्नुपर्ने बताएका हुन् । शिक्षककाे दरबन्दी रिक्त हुँदा विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको उनको भनाइ छ । उनले भने, ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन भएको छ महिना पूरा भएपनि पदपूर्ति हुन सकेको छैन ।प्रदेश सरकारले ४५ जनाको दरबन्दी निर्धारण गरेको आयोगमा २१ पदमात्रै पूर्ति भएको आयोगले जनाएको छ ।आयोगले शुक्रबार प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई आयोगका अध्यक्ष यज्ञराज बोहराले बुझाएको आयोगको पहिलो वार्षिक प्रतिवेदन अनुसार स्थायी र करार गरी २१ जनाको पदपूर्ति भएको छ । […]
शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो ।
शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिए । आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका स...