माघ २३, काठमाडौ। नेपाल टेलिकमले आफ्नो १८ औ वार्षिकोत्सव पारेर भीओएलटिई सेवाको व्यवसायीक शुरुवात गरेको छ।
गत जेठबाट परिक्षण भईरहेको भीओएलटिई सेवा शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको हो । देशभर टेलिकमको फोरजी नेटवर्क कभरेज भएको ठाउँमा भीओएलटिई सेवा उपलब्ध भएको नेपाल टेलिकमले बताएको छ ।
टेलिकमले सेवालाई आधुनिक बनाउँदै गुणस्तर सुधार गर्ने भन्दै वायरलेस प्रविधिको चौथो पुस्ताको प्रविधि फोरजी एलटिई सेवाको शुरु गरेको थियो । उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलको भ्वाईस सेवामा हाई डेफिनेशन प्राप्त हुने भीओएलटिई सेवा गत जेठबाट परीक्षण शुरु गरिएको थियो ।
यो भीओएलटिई प्रविधिले डायल गर्नासाथ सम्पर्क कायम हुने, नेटवर्कको सहज उपलब्धताका साथै सेवामा गुणस्तरीयता महसुस गर्न सकिने टेलिकमले बताउँदै आएको थियो।
कसरी एक्टिभ गर्ने ?
यदि तपाईसँग उल्लेखित कुनै पनि फोनसेटन छ भने डायल प्याडमा गएर *४४४# डायल गर्नुहोस र सेवा शुरु गर्नुहोस । एण्ड्रोइड फोन छ भने नेटवर्क सेटिङमा गएर भीओएलटिई अन गर्नुहोस । यदि तपाई आईफोन यूजर हो भने सेटिङ भित्र कलरडाटामा जानुहोस, डाटाअप्सनमा जानुहोस। त्यसपछि भ्वाईस डाटामा जानुहोस् भीओएलटिई अन गर्नुहोस र एलटिई अप्सनमा टिकमार्क लगाउनुहोस ।
शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको भीओएलटिई सेवा नेपालमा उपलब्ध सबै फोन सेटमा भने सपोर्ट गर्दैन । भीओएलटिई सपोर्ट गर्ने फोनसेटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । आफ्नो मोबाईलको सेटिङमा गएर भीओएलटिई अप्सन भए नभएको निर्क्योल गरि आफ्नो फोनमा भीओएलटिई चल्ने नचल्ने पत्ता लगाउन सकिन्छ। यद्यपी नेपाल टेलिकमले भीओएलटिई सेवा सपोर्ट गर्ने फोन भित्र्याउन मोबाईल फोन आयात कर्तालाई अनुरोध गर्दै आएको छ।
यी हुन भीओएलटिई चल्ने मोबाईल फोन
सामसङ
ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।
त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।
त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।
आईफोन
आईफोन ६, आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन एट, आईफोन एट प्लस, आईफोन एसई, आईफोन एक्स, आईफोन एक्सआर, आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स, आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा नेपाल टेलिकमको भीओएलटिई चल्नेछ । आईफोनमा लेटेस्ट आईओएस अपडेट आएको छ की छैन् निश्चित गर्नुपर्छ ।
साओमी
साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए, रेडमी नोट सेभेन प्रो, रेडमी नोट १० प्रो, रेडमी नाइन सी, रेडमी नाइन ए, रेडमी नाइन प्राइम, रेडमी एट, रेडमी सेभेन, पोको एफ वान र एमआई नोट टेन लाइट मोबाइलमा चल्नेछ ।
नोकिया
नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४, नोकिया जी ट्वान्टी फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।
त्यस्तै जेटिईका जेटिई ब्लेड ए-५१, जेटिई ब्लेड भी-३० जेटिई ब्लेड ए- ७१ / ओप्पो एफ-१९, ओप्पो ए-१६/ भीवोका वाई – ५१, वाई – २० वाई – २० एस र वन प्लसको वनप्लस- सीई फोनमा चल्ने टेलिकमले जानकारी दिएको छ।