काठमाण्डौ – कन्सुलर सेवा विभागले प्रहरी प्रतिवेदन प्रमाणीकरणको काम पाँच मिनेट भित्रै सकिने गरी अनलाइन प्रणालीको विकास गरेको छ ।
अनलाइनमार्फत नै सबै प्रक्रिया हुने र विभागको कार्यालयमा अन्तिम छाप लगाउन बढीमा पाँच मिनेट समय मात्र लाग्ने विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जाँदा होस् या पढाइको सिलसिलामा बिदेसिँदा प्रहरी प्रतिवेदन चाहिन्छ । प्रहरी प्रतिवेदनका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ ।
अनलाइनबाट जारी भएको प्रतिवेदनको आधिकारिकता प्रमाणीकरणका लागि कन्सुल...