भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ स्थानीयले खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीयले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले भदौ १९ गतेदेखि असोज २ गतेसम्म आईपीओ विक्री गरी असोज १५ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर स्थानीयमा विक्री खुला गरेको हो । स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । स्थानीयले यो आईपीओ  खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा १९ हजार १२० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्थानीयले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सदस्यमार्फत र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।  कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

बाराहीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ। बाँकी […]

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

पिपुल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये […]

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

मन्दाकिनीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले ९ साउनबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो। सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता छुट्याइएको छ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको […]

पिपुल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिन साउन ५ गते बिहीबार अन्तिम दिन तोकिएको छ । कम्पनीले आईपीओ भर्ने म्याद थपेर ५ गतेसम्म पुर्‍याएको हो । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ३२ हजार ६ सय कित्ता सेयर […]

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं, २३ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ […]

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये  कम्पनीले ३९ हजार १५०

दोर्दी खोला जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, जेठ ३१ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सोमवारसम्म मागभन्दा ६ दशमलव ४० गुणा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकोेले यो आईपीओ छिटो अवधिमै विक्री बन्द हुन लागेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार […]

मनकामनाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं। मनाकामना लघुवित्तको (साधारण सेयर)आईपीओ भर्ने आज अन्तिम दिन हो। लघुवित्तले असार १७ गतेदेखि असार २१ गतेसम्मको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ३ लाख ८९ हजार कित्ता निष्काशन गरेको हो। जसमध्ये ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशकन गरेको छ। लगानीकर्ता न्यूनतम १० देखि १००० कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।