काठमाडौं (अस) । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
कम्पनीले हाल निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्तासम्बन्धी सेवा दिँदै आएको छ । यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवासमेत सञ्चालन गर्ने योजना रहेको कम्पनीले बताएको छ । त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।