मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् ।आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोल

सम्बन्धित सामग्री

सडक निर्माणमा दबाब दिन स्थानीयवासी आन्दोलित

विराटनगर । काम नसकी बीचमै अलपत्र छाडिएको हुलाकी सडक निर्माण तत्काल शुरू गर्न माग गर्दै मोरङ कटहरीका स्थानीयवासी आन्दोलित भएका छन् । काम थालेको वर्षौं बित्दासमेत हुलाकी सडक निर्माण पूरा नभएपछि स्थानीयवासीले आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन थालेका छन् । शुक्रवार स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र दिँदै आन्दोलनबारे जानकारी दिएका थिए । हुलाकी सडक अन्तर्गत मोरङमा पाँचओटा निर्माण कम्पनीले काम गरिरहेका छन् । नागरिक संघर्ष समितिको अगुवाइमा स्थानीय राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि र स्थानीयवासी धर्नामा बसेका हुन् । आफ्ना माग पूरा नभएसम्म हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म धर्नामा बस्ने उनीहरूले बताएका छन् । धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र कटहरी उद्योग वाणिज्य संघका पदाधिकारीले पनि ऐक्यबद्धता व्यक्त गरेका छन् । हुलाकी सडक समयमै निर्माण नहुँदा मोरङका रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिकाका साथै धनपालथान र कटहरी गाउँपालिकाका सर्वसाधारणले सास्ती खेप्दै आएको आन्दोलनका अगुवा मृत्युञ्जयकुमार झाले बताए । उनले भने, ‘हिउँदमा सडकको धूलो र बर्खामा हिलोका कारण यस क्षेत्रका बासिन्दा निकै पीडित छन् ।’ राष्ट्रिय गौरवको आयोजनामा पर्ने हुलाकी राजमार्गको काम शुरू भएको ४ वर्ष भइसक्दा पनि पूरा हुने संकेत छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति करीब आधा मात्र भएको बताइएको छ । रू. ३ अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र भएको बताइएको छ । २०७६ सालमा ३ वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० कात्तिकसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म १६ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।

मेची राजमार्गले सुकुम्बासी बनाउने भयो भन्दै स्थानीयवासी आन्दोलित

ताप्लेजुङ – झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटरसम्म जोड्ने मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको फुङलिङ बजार क्षेत्र भित्रको बाटो दायाँ बायाँ १५/१५ मिटर विस्तार हुने भएपछि बजारवासी आन्दोलित भएका छन् । राजमार्गले आफ्नो सबै घर भत्काउनु पर्ने अवस्था आउने भएको र आफूहरू घरबारविहीन हुने भन्दै बजारवासीले वैकल्पिक बाटो निर्माणको लागि पहल गरिदिन समेत नगरपालिकामार्फत अनुरोध गरेका छन् । बजारकाे बीचबाट मेची राजमार्गलाई फराकिलो बनाउने हो, भने स्थानीय बजारवासीको कुनै पनि घर नरहने भएकाले विरोध गर्नु परेको स्थानीय खेमराज...

जबरजस्ती ट्रिपर चलाउन खोजेपछि स्थानीयवासी आन्दोलित

घोराही ।  दाङको सोनापुर सिमेन्ट उद्योगले जबरजस्ती ट्रिपर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध गरेका छन् । यसअघि पटकपटकको आन्दोलनपछि ट्रिपर सञ्चालन बन्द भए पनि सोनापुर सिमेन्टले बंगलाचुली–१ मा सञ्चालन गर्न थालेको नयाँ खानीमा जबरजस्ती ट्रिपर चलाउन खोजेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीसँग कुनै सल्लाह नगरी मंगलबार जबरजस्ती ३१ वटा ट्रिपर पठाएपछि […]

इँटा उद्योगको ज्यादतीविरुद्ध स्थानीय आन्दोलित

झापा : इँटा उद्योगले ज्यादती गरेको भन्दै कचनकवल गाउँपालिकावासी आन्दोलित भएका छन्। कचनकवल–६ बनियानीमा रहेको इँटाभट्टाबाट पीडित भएको भन्दै स्थानीयले निश्चल दाहालको संयोजकत्वमा ११ सदस्य संघर्ष समिति गठन गरेका छन्।इँटा उद्योगबाट स्थानीयवासी पीडित बनिरहेको विषयमा विभिन्न सञ्चारमाध्यमले पटकपटक समाचार प्रकाशन तथा प्रशारण गरे पनि गाउँपालिका र सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीयले कचनकवल वातावरण संरक्षण तथा संवर्द्धन संघर्ष समिति गठन गरेको हो।सरकारले धान सुपर जोन घोषणा गरेको कचनकवलमा माछा पोखर

सडक निर्माणमा ढिलासुस्तीको विरोधमा स्थानीयवासी आन्दोलित

दोलखा । लामोसाँघु–जिरी सडकअन्तर्गत मुडे–चरीकोट सडक निर्माण शुरू भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको विरोधमा दोलखाका नागरिक आन्दोलित भएका छन् । कात्तिक २७ गतेदेखि स्थानीयवासी नागरिक अगुवाहरूसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । स्थानीयवासीले कात्तिक २७ गते सवारीसाधनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको पोस्टर टाँसेर सडक निर्माणमा भएको ढिलाइको विरोधमा आन्दोलन थालेका थिए । आन्दोलनकै क्रममा नागरिक अगुवाहरूले सडक निर्माण आयोजनाको कार्यालयमा तालबन्दी गर्ने तथा जिल्लामा रहेका राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया समेत गरिसकेको मुडे–चरीकोट सडक नागरिक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिए । आन्दोलनकै क्रममा शनिवार जिल्ला सदरमुकाम चरीकोटमा संघर्ष समितिको आयोजनामा जिल्लाका सांसद तथा नागरिकहरूबीच सडक निर्माणमा भइरहेको ढिलाइबारे छलफल भएको छ । सरोकारवालाहरूको प्रश्नको जवाफ दिँदै दोलखाका संघीय सांसद तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले आफू सडक निर्माण सम्पन्न गराउन लागिपरेको दाबी गरे । अब ठेक्का तोड्न वा तत्काल निर्माण शुरू गराउन आफूले थप पहल लिने प्रतिबद्धता उनले व्यक्त गरे । छलफलमा अर्का संघीय सांसद शान्तिमाया पाख्रिनले आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताइन् । यस्तै बागमती प्रदेशसभाकी सांसद रचना खड्का, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, शैलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले पनि ठेकेदारको लापरबाहीका कारण दोलखालीले दुःख पाएकोमा आक्रोश व्यक्त गर्दै तत्काल सडक निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । ५०१ सदस्यीय नागरिक संघर्ष समितिले आगामी दिनमा सडक आसपासका प्रत्येक टोल टोलमा संघर्ष समिति गठन गर्ने, सांसदहरूका गाडी जिल्ला छिर्न नदिने, मन्त्रालय तथा सडक विभाग घेराउ गर्ने लगायत आन्दोलनका कार्यक्रम बनाएको नागरिक अभियन्ता रमेश खतिवडाले जानकारी दिए । भारतीय एक्जिम बैंकको लगानीमा स्तरोन्नतिको काम भइरहेको लामोसाँघु–जिरी सडक अन्तर्गत मुडे–चरीकोट खण्ड ठेकेदारको ढिलासुस्तीले ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । यो सडक खण्डको निर्माणको जिम्मा भारतीय  कम्पनी सकिल हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का सम्झौता गरी लिएको थियो । वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे भएकाले सडक नजिकका बासिन्दा सबैभन्दा बढी पीडित छन् । नागरिक आन्दोलनमा आफूहरूको पूर्ण सहयोग र समर्थन रहने भीमेश्वर नगरपालिका वडा नं ९ का वडाध्यक्ष चित्रबहादुर भुजेल, वडा नं ८ का नहकुल केसी, वडा नं ७ का कैलाशकुमार तामाङ, वडा नं ६ का नवीन लामा र वडा नं ३ का अध्यक्ष हरिशरण शिवाकोटीले बताए । अघिल्लो वर्ष पनि दोलखाका स्थानीयले नागरिक अगुवाहरूको नेतृत्वमा ठेकेदारको फोटो सार्वजनिक सवारीसाधनहरूमा टाँस्ने लगायत विरोधका कार्यक्रम गरेका थिए ।

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणाधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् । आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका...

सडक नबनेको भन्दै बूढानीलकण्ठका स्थानीयवासी आन्दोलित

आठ वर्षदेखि सडक नबनाइएको जनाउँदै बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित बनेका छन् । बूढानीलकण्ठ –१२ का बासिन्दाले आफूहरुले रकम सङ्कलन गरेर बनाएको सडक भत्काएर सरकारले लामो समयदेखि मर्मत नगरेको भन्दै  आन्दोलित बनेका हुन् ।सरकारी कार्यालयले लामो समयदेखि तेन्जिंग चोक–खरिबोट सडक बाटो मर्मतमा बेवास्ता गरेको भन्दै आज वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराईका नेतृत्वमा सडक विभाग कार्यालयमा तालाबन्दी गरिएको थियो । ताला प्रहरीले केही समयपछि फुटाएको थियो । ताला फुटाएका विषयमा विरोध जनाए

सडक कालोपत्र गर्न माग गर्दै मध्यपुरथिमीबासी आन्दोलित

भक्तपुर। मध्यपुरथिमी नगरपालिका कार्यालय अगाडिको सडकमा खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। उनीहरुले आज नगरपालिका कार्यालय घेराउ समेत गरेका छन्।मध्यपुरथिमी नगरपालिका–६ स्थित नगरपालिका कार्यालय अगाडि दुई वर्षदेखि सडक चौडा गरेर ग्राबेल बिछ्याए पनि कालोपत्रे नगरेका कारण खाल्डो र हिलाम्मे भएको छ। त्यसैले सडक कालोपत्र गर्न माग गर्दै नगरपालिकामा घेराउ र नाराबाजी गरेको स्थानीयवासी रामकृष्ण श्रेष्ठले बताए।