झापा : इँटा उद्योगले ज्यादती गरेको भन्दै कचनकवल गाउँपालिकावासी आन्दोलित भएका छन्। कचनकवल–६ बनियानीमा रहेको इँटाभट्टाबाट पीडित भएको भन्दै स्थानीयले निश्चल दाहालको संयोजकत्वमा ११ सदस्य संघर्ष समिति गठन गरेका छन्।इँटा उद्योगबाट स्थानीयवासी पीडित बनिरहेको विषयमा विभिन्न सञ्चारमाध्यमले पटकपटक समाचार प्रकाशन तथा प्रशारण गरे पनि गाउँपालिका र सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीयले कचनकवल वातावरण संरक्षण तथा संवर्द्धन संघर्ष समिति गठन गरेको हो।सरकारले धान सुपर जोन घोषणा गरेको कचनकवलमा माछा पोखर