ताप्लेजुङ – झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटरसम्म जोड्ने मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको फुङलिङ बजार क्षेत्र भित्रको बाटो दायाँ बायाँ १५/१५ मिटर विस्तार हुने भएपछि बजारवासी आन्दोलित भएका छन् ।
राजमार्गले आफ्नो सबै घर भत्काउनु पर्ने अवस्था आउने भएको र आफूहरू घरबारविहीन हुने भन्दै बजारवासीले वैकल्पिक बाटो निर्माणको लागि पहल गरिदिन समेत नगरपालिकामार्फत अनुरोध गरेका छन् ।
बजारकाे बीचबाट मेची राजमार्गलाई फराकिलो बनाउने हो, भने स्थानीय बजारवासीको कुनै पनि घर नरहने भएकाले विरोध गर्नु परेको स्थानीय खेमराज...