काठमाडौँ- भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौँको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ स्थापना भएको छ । लाजिम्पाटमा रहेको होटल सांग्रिला नजिकै अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले आज उद्घाटन गरेका छन् । कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे। नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको […]