काठमाण्डाै – रोल्पा प्रदेश सभा (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । गएकाे मङ्सिर ४ गते सम्पन्न चुनावमा उहाँ माओवादीकाे पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो ।
उहाँ लुम्बिनी प्रदेश सभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकाेमा आत्मालोचना गर्दै फेरि माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउनुभएको छ । पार्टी छाडेर चुनावमा उम्मे...