काठमाडाैँ- स्वतन्त्र सांसद जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार साँझ कुशवाहालाई पार्टी प्रवेश गराएका हुन्। कुशवाहा मधेस प्रदेशसभामा माओवादीबाट बागी उम्मेदवारी दिइ सर्लाही ३ (क) बाट निर्वाचित भएका थिए। उनी स्वतन्त्र हुँदै पुन: माओवादीमा फर्किएका हुन्।