काठमाडौं : नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई कारबाही नभएसम्म संसद चल्न नदिने चेतावनी दिएकाे छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलकाे नेता भविश्वर ढकालले विज्ञप्ति जारी गरेर प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पद र मर्यादाको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन्। एमालेले सभामु