कास्की – राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधवार (आज) हुने भनिएको मतदान स्थगित भएको छ ।प्रदेश सभा सचिवालयले आज चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक नै चल्न सकेन । दिउँसो चार बजे बैठक सुरु हुने तालिका भए पनि साढे चार बजेसम्म शाही नपुगेपछि खोजी भएको थियो । कतैबाट पनि उहाँको अवस्था थाहा हुन नसकेपछि उहाँलाई एमालेले बेपत्ता बनाएको नेपाली कांग्रेस र माओवादीका सा...