श्रममन्त्री अर्यालको सम्पत्ति : १२ ठाउँमा जग्गा, १५० तोला सुन

८ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ स्थानमा रहेको जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा रहेको नगद देखाएका छन् । अर्यालले धादिङ, काठमाडौं, लमजुङ र भक्तपुरमा रहेका जग्गा …

सम्बन्धित सामग्री

हेटौंडाकी मेयर लामाको सम्पत्ति :  १५ तोला सुन

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन रहेको उल्लेख छ ।मेयर लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखामा रहेको जनाइएको छ ।नेकपा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्षसमेत रहेकी मेयर लामा गत बैशाख ३० गते भएको निर्वाचनमा सत्ता गठबन्धनबाट हेटौंडाको मेयरमा निर्वाचित भएकी हुन् । त्यस अघि उनी पहिलो स्थानीय तह निर्वाचनमा

मेयर नागेश कोइरालाको सम्पत्ति : ३ करोडको प्राडो, ८० तोला सुन, १० लाख नगद

१० साउन, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् । कोइरालाले बुझाएको सम्पत्ति विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक […]

मेयरको सम्पत्ति १५ तोला सुन

हेटौंडा ।  गठबन्धनबाट विजयी बनेकी हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले सम्पती विवरण सार्वजनिक गर्नुभएको छ । ५ वर्ष उपमहानगर उपप्रमुखको जिम्मेवारीपछि मेयरको जिम्मेवारीमा रहनुभएकी लामाले सार्वजनिक गर्नुभएको सम्पती विवरणमा १५ तोला सुन, २० तोला चा“दी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ । नेकपा (एकीकृत समाजवादी) की लामाले पारिश्रमिकवापत् पाउने ४० हजार रुपियाँ […]

हेटौँडाकी मेयर लामाको सम्पत्ति : आफूसँग १५ तोला सुन, श्रीमान्को ४० लाख ऋण

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।सम्पत्ति विवरणमा उनले आफूसँग १५ तोला सुन रहेको बताएकी छन्। लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौँडा शाखामा रहेको छ।मेयर लामाले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको जनाएकी छन्। मेयर लामाले श्रीमान् सुन बहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको जनाएकी छ

भौतिक रूपमा पनि धनी पोखरा महानगर प्रमुख धनराज, सम्पत्ति कति?

पर्वत : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य नाममा मात्र नभई भौतिक रूपमा पनि धनराज रहेको देखिएको छ। हालै उनले सार्वजनिक गरेको सम्पत्ति विवरणबाट यो तथ्य खुलेको हो।हालै उनले सार्वजनिक गरेको विवरणमा पाँच तोला हिरा, ५४ तोला सुन, ३८ तोला चाँदी र १५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ। धनराजकी श्रीमती पुष्पाकुमारी पौडेल आचार्यको नाममा पोखरा महानगरपालिका–९ मा दुई सय ८९ वर्ग मिटर क्षेत्रफल रहेको जग्गामा करिब नौ करोड २५ लाख मूल्यका दुई घर  छन्।पुष्पाकै नाममा काठमाडौँको सितापाइलामा करिब एक

छायाँनाथका नगरप्रमुख भामले गरे सम्पत्ति सार्वजनिक

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलबार आयोजित कार्यक्रममा उनले सम्पत्ति सार्वजानिक गरेका हुन् । जसअनुसार उनीसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख बैक ब्यालेन्स […]

कर्णालीका अर्थमन्त्रीको सम्पत्ति : घरजग्गा छैन्, १३ लाख ऋण

काठमाडौँ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका–१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ । मन्त्री विष्टले अहिलेसम्म मौज्दात […]

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ–ठाउँमा जग्गा

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शा

मन्त्री मनाङेको सम्पत्ति सार्वजनिक : २२ तोला सुन, १० लाख बैंकमा

पर्वत : गण्डकी प्रदेशका युवा तथा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उनले २ करोड रुपैयाँ ऋण आफूले तिर्नु रहेको पनि उल्लेख गरेका छन्।विगतमा सम्पत्ति कति छ भन्ने थाहा नभएको बताएका कारण चर्चामा आएका थिए। मन्त्री नियुक्त भएको एक महिनाभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गण्डक

मन्त्री तामाङको सम्पत्ति: काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

काठमाडौं।नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौंसहित १४ ठाउँमा जग्गा र २२ तोला सुन रहेको खुलाइएको छ।आफूले जोडेको र पैतृक सम्पत्तिसहित उनको र उनकी पत्नी उषाकला राईको नाममा २० रोपनी जग्गा छ।मन्त्री तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ भने पत्नी उषाकलाको नाममा मोरङ र खोटाङमा जग्गा छ।