काठमाडौं– ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला राज्यले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिगेसोले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा मात्रै नभएर देशको राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा सर्वोच्चद्वारा गरेको फैसलालाई एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको […]
काठमाडौं – पूर्व ब्रिटिस गोर्खा सैनिकले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि प्रदर्शन गर्ने भएका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सरकारले समान अधिकार सम्बन्धी फैसला कार्यान्वयन नगरे आफूहरु सडक प्रदर्शनमा उत्रिने चेतावनी दिएको हो। बिगेसो प्रमुख सल्लाहकार परी थापाले निरन्तर संघर्षको परिणाम अदालतले पीडितको पक्षमा फैसला गरे पनि सरकारले […]
काठमाडौँ– प्राध्यापक डाक्टर सुरेन्द्र केसीले ब्रिटिस–गोर्खा बनेको समयदेखि अहिलेसम्मका नेपाली शासकहरुका कारण ब्रिटिस गोर्खा सैनिकहरू अन्यायमा परेको बताएका छन् । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युके/नेपाल (बीजीएनसीसीसी)ले शुक्रबार संवाद डबलीमा आयोजना गरेको ‘नागरिकता निरन्तरता किन’ विषयक अन्तरक्रियामा बोल्दै उनले ब्रिटिस–गोर्खा तत्कालीन आवश्यकता र राज्यस्तरको सम्झौता अनुसार बनेकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने बताए । प्रा.डा. […]
ब्रिटिस गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नको लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गर्दै सत्याग्रह समितिले यस्तो माग गरेको हो । बेलायती सेनासरह ब्रिटिस सेनामा कार्यरत नेपालीहरूले पनि सेवा÷सुविधा पाउनुपर्ने भन्दै समितिले सुरुदेखि नै आवाज उठाउँदै आइरहेको छ ।कार्यक्रममा बोल्दै […]
ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ। सर्वोच्च अदालतले सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरहको सेवा–सुविधा पाउन नसकेको भन्दै दायर भएको...
काठमाडौं। प्रतिनिधिसभा सदस्य डिला संग्रौला पन्तले ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै उनले कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न माग गरिन्। संसार भरी न्यायका लागि बहादुरी देखाएका गोर्खा सैनिक अहिले आफ्नै न्यायका लागि लण्डनमा आमरण अनसन बसिरहेको उनले बताइन्।
नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा प्रभावकारी प्रयास नगरे नेपालमा पनि नागरिक समाजले आमरण अनसन शुरू गर्ने घोषणा गरेका छन् ।
ब्रिटिस गोर्खा सैनिकलाई समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नभएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायतमा आमरण अनसन सुरू गरेका छन् । उनीहरूको अनसनलाई ऐक्यबद्धता जनाउँदै नेपालमा रहेको राष्ट्रिय स्वाभिमान जागरण अभियानका अभियन्ताहरूले नेपालमा पनि आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् ।
राष्ट्रिय स्वाभिमान जागरण अभियानमा आबद्ध नागरिक समाजमा अगु...