भुपू गोर्खा सैनिकको माग पुरा गर्न पहल नभए नेपालमै आमरण अनसन सुरू गर्ने घोषणा

नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा प्रभावकारी प्रयास नगरे नेपालमा पनि नागरिक समाजले आमरण अनसन शुरू गर्ने घोषणा गरेका छन् । ब्रिटिस गोर्खा सैनिकलाई समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नभएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायतमा आमरण अनसन सुरू गरेका छन् । उनीहरूको अनसनलाई ऐक्यबद्धता जनाउँदै नेपालमा रहेको राष्ट्रिय स्वाभिमान जागरण अभियानका अभियन्ताहरूले नेपालमा पनि आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् । राष्ट्रिय स्वाभिमान जागरण अभियानमा आबद्ध नागरिक समाजमा अगु...

सम्बन्धित सामग्री

भूपू गोर्खा सैनिकको आन्दोलन विफल हुने खतरा

काठमाडौं । सरकारले समयमै वार्ता समिति नबनाउँदा वेलायती सैनिकसरह सुविधाको माग राख्दै आएको भूतपूर्व गोर्खा सैनिकको आन्दोलनले सार्थकता नपाउने अवस्था आएको आन्दोलनरत् पक्षले बताएका छन् । भुतपूर्व गोरखा संघर्ष समितिले आईतबार पत्रकार सम्मेलन गरी नेपाल सरकारकै लापरवाहीले गर्दा वेलायतसँगको वार्ता विफल हुने अवस्था आएको बताएको छ । आफ्नो अधिकारका लागि १३ दिनसम्म आमरण अनसन बसेका […]

ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभा सदस्य डिला संग्रौला पन्तले ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै उनले कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न माग गरिन्। संसार भरी न्यायका लागि बहादुरी देखाएका गोर्खा सैनिक अहिले आफ्नै न्यायका लागि लण्डनमा आमरण अनसन बसिरहेको उनले बताइन्।

भुपू गोर्खा सैनिकको आमरण अनशनमा लन्डन प्रहरीको बल प्रयोग (भिडियो)

काठमाडौं । समान पेन्सनको माग गर्दै आमरण अनसनमा उत्रिएका बेलायती सेनामा कार्यरत भूपु गोर्खा सैनिकको अनसन कार्यक्रममा बेलायती प्रहरीले हस्तक्षेप गरेको छ । शनिबारदेखि आमरण अनसन बस्न थालेका भूपु गोर्खाली सैनिकलाई उक्त थलोबाट हटाउन बेलायती प्रहरीले बल समेत प्रयोग गरेको छ । अनसनको नेतृत्व गरेका ज्ञानुराज राईलाई प्रहरीले धकेलाधकेल गर्दै हट्न चेतावनी समेत दिएको छ […]