राप्रपाले समानुपातिक सांसदको नाम गोप्य राखेको छ । समानुपातिक सांसदको सूचीका विषयमा विवाद भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सूची गोप्य राख्दै निर्वाचन आयोगमा पठाएका हुन् । ‘सबै अग्रज र साथीहरूको सल्लाहमा मैले समानुपातिकको सूची तय गरेर आयोगमा इमेल गरिदिएको छ । सूची पछि थाहा भइहाल्छ’, लिङ्देनले नेताहरूलाई भनेको भनाइ उदृत गर्दै एक नेताले भने, ‘खासगरी पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये प्रतिनिधिसभाको समानुपातिकमा कसलाई बनाउने भन्ने थियो । त्यो अध्यक्षले निर