चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो ।
कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ ।
आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।
एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वाषिर्क विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल […]
साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।
केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् ।
यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।
जेठ २३, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले बल्ल तेस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
हाल कम्पनीको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु भएको छैन । कम्पनीले प्रशासनिक खर्चलाई पूँजीकृत गरि आम्दानी तथा खर्च नरहेकाले प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात गणना नगरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
गत वर्षको तुलनामा कम्पनीको चालू सम्पत्ति यसवर्ष तेस्रो त्रैमाससम्ममा १५ दशमलव ८९ प्रतिशत घटेको र चालू दायित्व ३७ दशमलव ८१ प्रतिशतले घटेको हो । कम्पनीले दोलखा जिल्लास्थित खानीखोला १ दशमलव ४० मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
व्यवसायिक योजना अनुरुपनै कामहरु भएको कम्पनीले बताएको छ ।कम्पनीले पहिलो चरणमा निर्माण गरिरहेको २५ मेगावाट जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी वित्तीय विवरण मार्फत दिएको छ ।
कम्पनीले वित्तीय विवरणमा आयोजना निर्माणाधीन अवस्थामा रहेको र व्यापारिक उत्पादन शुरु नभएकाले आम्दानी उल्लेख गरेको छैन ।कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७८ करोड ४३ लाख रहेको छ ।