जेठ २३, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले बल्ल तेस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
हाल कम्पनीको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु भएको छैन । कम्पनीले प्रशासनिक खर्चलाई पूँजीकृत गरि आम्दानी तथा खर्च नरहेकाले प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात गणना नगरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
गत वर्षको तुलनामा कम्पनीको चालू सम्पत्ति यसवर्ष तेस्रो त्रैमाससम्ममा १५ दशमलव ८९ प्रतिशत घटेको र चालू दायित्व ३७ दशमलव ८१ प्रतिशतले घटेको हो । कम्पनीले दोलखा जिल्लास्थित खानीखोला १ दशमलव ४० मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
व्यवसायिक योजना अनुरुपनै कामहरु भएको कम्पनीले बताएको छ ।कम्पनीले पहिलो चरणमा निर्माण गरिरहेको २५ मेगावाट जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी वित्तीय विवरण मार्फत दिएको छ ।
कम्पनीले वित्तीय विवरणमा आयोजना निर्माणाधीन अवस्थामा रहेको र व्यापारिक उत्पादन शुरु नभएकाले आम्दानी उल्लेख गरेको छैन ।कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७८ करोड ४३ लाख रहेको छ ।