काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब समूह चरणमा शतप्रतिशत नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफले समूह चरणका चार वटै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो ।
समूह ‘बी’ अन्तर्गत आज मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले हरायो । जितसँगै एपीएफले चार खेलमा आठ अङ्क जोडेको छ । लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ...