काठमाडौँ : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लब विजयी भएका छन्।कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो। कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो। लुम्बिनीका लागि दिलसाद अलीले ३२, विराट भण्डारीले २८, सम्राट भुसालले २६, कृष्ण कार्कीले २२, सुशान्त थापा र निर्मल गुरुङले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्।बलिङमा कोशीका सुजन घिमिरेले ३