काठमाडौँ : विभागीय टोलीको एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो। त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो।जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १६ ओभर १ बलमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। एपीएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन्।