नेप्सेको उकालो यात्रा कायमै, बजार बढ्नुमा बैंकिङ्ग र व्यापार समूहको टेवा

काठमाडौं ।  नेप्से परिसूचक गत आइतवारयता लगातार चार दिन वृद्धि भएको छ । चार कारोबार दिनमा परिसूचक ३ दशलमव ८ प्रतिशत वृद्धि भएको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण बैकिङ्ग समूहमा परेको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई बढ्न टेवा पुर्‍याएको हो । अधिकांश बैंकहरूको शेयर मूल्य अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । सोही कारण लगानीकर्ताको लागि तुलनात्मक रूपमा सुरक्षित क्षेत्र हुन सक्छ । वाणिज्य बैंकहरूको शेयर मूल्य निकै सस्तो र चौथो त्रैमासको वित्तीय विवरण सकारात्मक आउन सक्ने अपेक्षाले पनि लगानीकर्ता यसतर्फ लागेको देखियो ।   साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव ५२ प्रतिशत वृद्धि भएको छ । नेप्से परिसूचक २ हजार १६५ दशमलव २४ विन्दुमा पुगेको हो ।  यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०४ प्रतिशत वृद्धि भएको छ ।  कारोबारमा आएका २६० धितोपत्रको ८६ लाख ७४ हजार १०९ कित्ता शेयर ५१ हजार ४४५ पटकमा रू. ३ अर्ब ३४ करोड बराबरको कारोबार भएको छ । बुधवार कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी बिपि डब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४९० दशमलव ७० पुगेको हो । यस्तै विशाल बजार कम्पनीको शेयर मूल्य ७ दशमलव १६ प्रतिशत बढेर रू. ३ हजार ७२९ पुगेको छ ।   बुधवार एनआईबिएल समृद्धि फण्ड २ का इकाईधनीहरूले धेरै गुमाएका छन् । फण्डको इकाई मूल्य ९ दशमलव ६४ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ८ दशमलव ०६ मा झरेको छ । त्यस्तै १२ % गुडवील फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्य ७ दशमलव ७३ प्रतिशत घटेर रू. १ हजार ३८ मा कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. २३ करोड ५७ लाख बराबरको शेयर किनबेच भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३१ पुगेको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । कम्पनीको रू. १४ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । बुधवार सबैभन्दा बढी व्यापार समूहको परिसूचक ४ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै बैंकिङ्ग समूहको परिसूचक २ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत घटेको छ । 

सम्बन्धित सामग्री

कामना सेवा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

काठमाडौं, २ साउन । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन् । बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्ष देखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका […]

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दाहाल

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् । बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारीमा थिए । उनले यसअघि एनएमबी, एन.आई.सि एसिया र नबिल बैंकसँग आबद्ध भएर पनि काम गरेका थिए ।

तरलता समस्या, कारण र समाधान

नेपालको बैंकिङ्ग उद्योगले आठ दशक लामो यात्रा तय गरिसकेको छ । वि.सं. १९८४ मा नेपाल बैंक लिमिटेड स्थापनासँगै शुरू भएको बैकिङ्ग उद्योगमा २०४६ सालको परिवर्तनपछि नेपाल सरकारले अवलम्बन गरेको खुला अर्थनीतिको कारण मलजल पुग्यो । तत्कालीन नेकपा (माओवादी) ले संचालन गरेको १० वर्षे विद्रोहका कारण त्यसबेला खुलेका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ठूलो व्यापार गर्न सकेनन् । तथापि, बैंक तथा वित्तीय संस्थाहरू संख्यात्मक र गुणात्मक रूपमा फस्टाइरहेकै थिए । २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि भने न

ग्लोबल आइएमईका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप चलाउन निशुल्क इन्टरनेट

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलबध हुनेछ । यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

आइतबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.२५ अंकले बढेर ३ हजार ८१.०५ विन्दुमा पुगेको हो । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत १.२४ अंकले बढेर ५७२.१५ विन्दुमा पुगेको छ । यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु ऋणात्मक भएका छन् भने, व्यापार, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, लगानी लगायतका क्षेत्रहरु धनात्मक भएका छन् । साताको

नेप्से परिसूचक ९ अंकले घट्यो

मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । यस दिन व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) हुँदा बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जीवन बीमा तथा निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक भएका छन् ।&n

शेयर बजार परिसूचक नेप्से ९७ अङ्कले बढ्यो : ११ अर्बभन्दा बढीको कारोबार

काठमाण्डाै - नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो । आज बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४ सय ४१, उत्पादन १ सय ६५, माइक्रोफाइनान्स १ सय ९०, जीवन बीमा ६ सय ४८ र अन्य १९ अङ्कले बढेको छ । आज २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । आज हिमालय पावर लि...

म्युचुअल फन्ड बाहेक १२ उपसमूहमा गिरावट

काठमाडौं। कारोबारको दोस्रो दिन सेयर बजारमा गिरावट आउँदा म्युचुअल फन्ड उपसमूहको सेयर ०.१६ प्रतिशतले बढेको छ। म्युचुअल फन्डबाहेकका अन्य समूह भने ओरालो लागेका छन्। जसमध्ये होटेल तथा पर्यटन, विकास बैङ्क, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रभु बैंकद्वारा नेपाल औषधि व्यवसायी संघसँग साझेदारी

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे । शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरे ।&nbs