जिल्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारको सूचिकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भएपनि सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले असुरक्षित ढंगले गर्भपतनका औषधी बिक्रीवितरण तथा उपचार गर्दा असुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको हो ।