एमाले लुम्बिनीमा नेतृत्वका लागि निर्वाचन सुरु

बुटवल । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अहिले मतदान सुरु भएको छ । भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो । बिहान पौने ९ बजेदेखि...

सम्बन्धित सामग्री

एमाले प्यूठानमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, अध्यक्षमा पाँच जना प्रत्यासी

रुपन्देही । नेकपा एमाले प्यूठानको दशाैं अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज निर्वाचन प्रकृया सुरु भएको छ । आइतबार सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि सकिएसँगै निर्वाचन प्रकृया सुरु भएको हो । यो अधिवेशनबाट नयाँ नेतृत्वका लागि पाँच जना आकांक्षी देखिएका छन् । अहिले अध्यक्ष रहेका विजयविराज विष्ट दोहोरिने तयारीमा छन् । अखिलमा लामो समय काम गरेका […]

टान नेतृत्वका लागि त्रिपक्षीय भिडन्त

२९ साउन, काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । निर्वाचन सोमबार हुँदैछ । निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारी प्यानलसहित भिड्दैछन् । बास्तोला एमाले र कांग्रेस निकट व्यवसायीको संयुक्त उम्मेदरवार हुन् । सापकोटा माओवादी निकट व्यवसायी हुन् […]

एमाले जिल्ला अधिवेशन : अछाममा ओली भर्सेस रावल

अछाम – एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो। बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएको हो। सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए। उनका अनुसार […]

कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना

नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अध

एमाले ताप्लेजुङ अध्यक्षमा भूपेन्द्र र बलबहादुरबीच प्रतिस्पर्धा हुँदै

एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि आज १२ बजेदेखि मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवराज मेन्याङ्वोका अनुसार १२ बजेदेखि मतदान हुने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छ । संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेवे दुवै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । थेवेलाई केपी ओलीले समानान्तर पार्टी कमिटी गठन गर्दा जिल्ला अध्यक्ष जिम्मेवारी दिएको थियो । सम्सोहाङ तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएक

कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई ज

एमाले मकवानपुरमा नेतृत्व छान्न सकस, निर्वाचन प्रक्रिया लम्बिँदै

नेकपा एमाले मकवानपुरमा आगामी नेतृत्व चयनमा सकस परेको छ । नेतृत्वका लागि आकाङ्क्षीहरू बीच सहमति हुन नसकेपछि गत पुस २३ गतेदेखि हेटौँडामा सुरु एमाले मकवानपुरको अधिवेशनले हालसम्म पनि नेतृत्व छान्न सकेको छैन ।सहमतिबाट एमाले मकवानपुरको नेतृत्वको चयन गर्नका लागि पटक/पटक भएको छलफलबाट निष्कर्षमा पुग्न नसकेपछि हिजो शनिवारबाट निर्वाचनको कार्यक्रम तय भएको थियो । तर, आवश्यक तयारीहरू नपुगेको भन्दै निर्वाचनको कार्यक्रम आज आइतबार बिहानसम्मका लागि स्थगित गरियो ।अधिवेशनको उद्घाटनको कार्यक्रम सुरु भए लगत्तै न

एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन

हेटौंडाः नेकपा (एमाले) मकवानपुरको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ। शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नहुँदा नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। केन्द्रीय नेतृत्वले सर्वसम्मतको निर्देशन दिए पनि दुई प्रत्यासीबीच सहमति नभएपछि मतदान हुने भएको हो। तर चुनाव अघिसम्म सहमतिको प्रयास जारी राखिने नेताहरुले बताएका छन्।  …

ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी

नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेपनि आकांक्षी धेरै भएका कारण निर्वाचन हुने सम्भावना बढेको छ ।अध्यक्षका आकांक्षीमध्ये कटुवाललाई प्रदेश सांसद अमिरबाबुर गुरुङको साथ रहेको छ भने हर्कबोल राईलाई संघीय सांसद यज्ञराज सुन