एमाले ताप्लेजुङ अध्यक्षमा भूपेन्द्र र बलबहादुरबीच प्रतिस्पर्धा हुँदै

एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि आज १२ बजेदेखि मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवराज मेन्याङ्वोका अनुसार १२ बजेदेखि मतदान हुने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छ । संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेवे दुवै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । थेवेलाई केपी ओलीले समानान्तर पार्टी कमिटी गठन गर्दा जिल्ला अध्यक्ष जिम्मेवारी दिएको थियो । सम्सोहाङ तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएक