ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी

नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेपनि आकांक्षी धेरै भएका कारण निर्वाचन हुने सम्भावना बढेको छ ।अध्यक्षका आकांक्षीमध्ये कटुवाललाई प्रदेश सांसद अमिरबाबुर गुरुङको साथ रहेको छ भने हर्कबोल राईलाई संघीय सांसद यज्ञराज सुन

सम्बन्धित सामग्री

‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्मदिनको शुभकामना दिएका छन् । पार्टीको यात्रामा सरिक एमाले अध्यक्ष ओलीसहित एमाले नेताहरुको यात्रा आज रामेछाप, सिन्धुली, ओखलढुंगा हुँदै खोटाङ पार गरेको छ । अध्यक्ष ओलीले आज दिनभर व्यस्त रहेकोले साँझ दिक्तेल आएपछि प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेको […]

ओखलढुंगामा प्रतिनिधिसभाकाे समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलाे

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सम्पन्न भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेपाली कांग्रेस भन्दा एमालेले १ हजार २ सय ४६ भन्दा बढी मत प्राप्त गरेकाे हाे । समानुपातिकमा एमालेले २५ हजार २ सय ४५ मत र कांग्रेसले २३ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । नेकपा माओवादी […]

ओखलढुंगामा काँग्रेस पहिलो, अन्य दल कुन–कुन स्थानमा ?

ओखलढुंगा जिल्लाका ८ पालिकामध्ये चार पालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपा नेपाल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले यो जिल्लाको एक–एक पालिकाको नेतृत्व पाएका छन् ।२०७४ को निर्वाचनमा काँग्रेसले ४ स्थानीय तहमा प्रमुख र ५ स्थानीय तहमा उपप्रमुख जितेको थियो । एमालेले ३ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमा उपप्रमुख जितेको थियो भने माओवादी केन्द्रले एक तहमा प्रमुख जितेको थियो ।२०७४ को तुलनामा अहिले काँग्रेसलाई पालिका नेतृ

ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

ओखलढुंगा – ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार कार्की विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार मिलनकुमार विष्टलाई २८४ मतान्तरले पछि पार्दै जित हात पार्नुभएको हो ।   एमालेको गढका रुपमा रहेको लिखुमा यस पटक कांग्रेसले वहुमतसहित प्रमुखमा बाजी मारेको छ । कार्कीले तीन हजार सात सय ७६ मत ल्याउँदा एमालेका विष्टले तीन हजार चार सय ९२ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याएर विजयी हुनुभएको छ । थापाले चार ...

मोलुङमा एमाले विजयी, माओवादी क्लीन स्वीप

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित भइन्। एमालेका राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए।विजयी राईको मतान्तर ५९० छ। २०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो।उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्ध

चम्पादेवीकाे प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

ओखलढुंगा – चम्पादेवी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नवराज केसी ४ हजार ७ सय १५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार खड्गबहादुर कार्कीलाई १ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो । पराजित कार्कीले ४ हजार ५ सय ६० मत पाउनुभयो । उपाध्यक्षमा एमालेका दिलमाया मगर विजयी हुनुभयो । मगरले ४ हजार ६ सय १४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुषा मगरले ४ हजार ४ सय ४७ मत पाउनु भएको छ ।  दिलमाया एमालेबाट विजयी हुने पदाधिकारी...

अयाेग्यलाई महाधिवेशन प्रतिनिधि सिफारिस गरेको भन्दै एमाले मुख्यालयमा उजुरी

ओखलढुंगा । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा योग्य प्रतिनिधि छनौट सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीसमक्ष उजुरी परेको छ । नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस गरिएको भन्दै लिलादेवी धमलाले एमाले मुख्यालयमा उजुरी दर्ता गरेकी हुन् । धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता […] The post अयाेग्यलाई महाधिवेशन प्रतिनिधि सिफारिस गरेको भन्दै एमाले मुख्यालयमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं। माओवादी केन्द्रबाट चुनाव जितेर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको छ।निर्वाचन आयोगले सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो। पद रिक्त गरिएकामा रौतहटका ७,कैलालीका ४ तथा सिरहा,ओखलढुंगा र महोत्तरीका एक/एक जना जनप्रतिनिधि छन्।७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पद मुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरु पद मुक्त भएका छन् । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । […]