हेटौंडामा २०६९ साल माघमा माओवादीले छैठौं महाधिवेशन आयोजना गरेको थियो । हुप्रचौरको उद्घाटन सत्रमा भाषण गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार बनाउने सांकेतिक प्रस्ताव अगाडि सारे । मुलुक त्यही बाटोमा हिँड्यो ।अन्तरिम संविधान र संसदीय प्रणालीको विधिलाई मिचेर बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद अध्यक्ष (प्रधानमन्त्री) बनाइएको परिघटना नेपालको लोकतान्त्रिक इतिहासमा एउटा कालो धब्बाका रुपमा लिपिबद्ध छ । बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउ