काठमाडौँ – उद्योगी व्यवसायी दीपककुमार मल्होत्रा नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन्। संघको हालै सम्पन्न ११औं वार्षिक साधारणभाले मल्होत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। संघका निर्वाचित अन्य पदाधिकारीहरुमा ध्रुवकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्षमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ रहेका छन्। त्यस्तै महासचिवमा गोपालदास मानन्धर, कोषाध्यक्षमा कविकुमार तिब्रेवाला र […]