सर्लाही : पर्सा गाउँपालिका-५ स्थित पर्सागाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले सामान्य अवस्थाका सुत्केरीलाई अब गाउँकै बर्थिङ सेन्टरमा सुत्केरी गराउन सक्नेगरी स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था मिलाइएको बताए। उनका अनुसार बर्थिङ सेन्टरमा तत्कालका लागि करारमा चार जना अनमी नियुक्त गरिएको छ।नेपाल सरकारले गर्भवतीहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्दै आइरहे पनि यस गाउँपालि